१४ बैशाख २०८१, शुक्रबार
ब्यवसाय गर्न नदिए आत्मदाह गर्ने भन्दै कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आन्दाेलित
  • काँचुली खबर

१८ माघ, कोहलपुर । कोहलपुर नगरपालिका भित्र सडकपेटि र फुटपाथमा आफ्नो ब्यापार ब्यबसाय गर्दै आएका स्थानिय व्यापारीहरु आन्दाेलित भएका छन । कोहलपुरकाे हुलाक कार्यालयदेखि पश्चिमतर्फ महोत्सव लाग्ने फिल्ड, बसपार्क र न्युरोड आसपासका क्षेत्रमा फुटपाथ र ठेला ब्यवसाय गर्दै आएका उनिहरूलाई नगरपालिकाले हटाएपछि ब्यवसायीहरू आक्राेशित भएका हुन । मंगलबार काेहलपुर नगरपालिकामा धर्ना बसेका ब्यापारीहरूले नगरपालिकाले ब्यवसाय गर्न नदिए आत्मदाह गर्नेसम्मकाे धम्मि दिएका थिए ।

नगर प्रहरीले फुटपाथ र ठेला ब्यापारीलाई अपमानित शब्द प्रयोग गर्दै सामान उठाएर लगिदिने गरेकाले आफुहरूकाे रोजिरोटि खोसिएकाे भन्दै ब्यापारीहरूले अब त्यस्ताे ज्याजती नसहने बताए । उनिहरूले स्थानिय सरकारका बिरूद्द नाराबाजी समेत गरेका थिए ।

स्थानिय निर्वाचनमा भोट हाली आफैले जिताएर पठाएका जनप्रतिनिधिहरुको निर्देशनमा गरि खाने बर्गलाई उपेक्षा हुनेगरी अपायक हुने एनटिभी रोडको तारझाली फेक्ट्री नजिक ब्यबसाय गर्न भनेको प्रति आपत्ति जनाउदै ठेला ब्यबसायी ज्योति परीयारले नगरपालिकाले मान्छेको चहलपहल हुने ठाउमा ब्यबस्थापन गरिनुपर्ने यदि यस्तो नगरेमा आत्मदाहा गर्ने समेत बताईन ।

यसैबिच ब्यबसायीहरुले ब्यापार ब्यबसायको लागि उपयुक्त ठाउको माग गर्दै संघिय सांसद सुर्य ढकाललाई ज्ञापन पत्र समेत पेश गरेका छन । ज्ञापन पत्रमा कोहलपुर हुलाक कार्यालयको पश्चिमतर्फ महोत्सव लाग्ने फिल्ड र लाहुरे कटेजको पश्चिम बसपार्कसम्म आफुहरुलाई ब्यबस्थापन गरिदिन आग्रह गरीएकाे छ ।

ज्ञापनपत्र बुझदै संघिय सांसद ढकालले नेपालमा बिकास गर्ने भन्दा पनि भत्काउने संस्कार बढ्दै गएको प्रति आफु चिन्तित रहेका भन्दै स्थानिय सरकार, प्रदेश सांसद, संघिय साँसद र राजनैतिक दलका प्रतिनिधिहरुसँगकाे सामुहिक छलफलबाट यस विषयलाई निकास दिने प्रतिक्रिया दिएका थिए ।

काेहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचर्यले भने मुख्य सडकदेखि २१ मिटर वरपरकाे क्षेत्रमा कुनै पनि हालतमा व्यापार व्यवसाय गर्न नदिने बताए । उनले तत्काल केही गर्न नसकिने तर विकल्पको रुपमा व्यापार संघले लिजमा लिएको एनटिभी रोडमा रहेकाे खालि जमिनमा गएर व्यापार गर्न ब्यवसायीहरूलाई आग्रह गरे ।

  • १८ माघ २०७९, बुधबार ०९:१३ प्रकाशित
  • Nabintech