१४ बैशाख २०८१, शुक्रबार
श्रिमानद्वारा जलाईएकी गंगालाई थप उपचारकालागि काठमाडौं पठाईयाे
  • काँचुली खबर

१८ माघ, नेपालगन्ज । बाँकेको कोहपलुरमा श्रीमानद्धारा पट्रोल खन्याएर आगो लगाईएकी गंगा विकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । भेरी अस्स्पतालमा उपचाररत विकको स्वास्थ्य जोखिम कायमै रहेकाले थप उपचारकालागि बर्न युनिट भएको अस्पतालमा पठाइएको भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बद्री चापागाईद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिका-२ शक्तिनगरमा बस्दै आएका भानुभक्त विकले तिन दिन अघि श्रीमती गंगा र २ वर्षीय छोरा प्रिन्सलाई पेट्रोल खन्याएर आगो लगाएका थिए ।  प्रिन्सको सोमबार उपचारको क्रममा मृत्यु भइसकेको छ । प्रहरी नियन्त्रणमा रहेका भानुभक्तले सामान्य घर झगडामा श्रीमती र छोरालाई आगो लगाएको स्वीकार गरीसकेकाे प्रहरी स्राेतले जनाएकाे छ ।

  • १८ माघ २०७९, बुधबार ०८:३४ प्रकाशित
  • Nabintech