१६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा एक युवाले आफ्ना नावालक छोरा र पत्नीलाई आगो लगाएका छन् । कोहलपुर-१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आईतबार बेलुका आगो लगाएका हुन् ।
बुवाले लगाएको आगोले जलेर गम्भीर घाईते भएका प्रिन्सको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएस्पी ऐन बहादुर मल्लले जानकारी दिए । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार राति १ बजे उपचारका क्रममा नाबालकको मृत्यु भएको हो । गंगा बिकको घाँटी र ढाडमा जलेको छ । उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार हुँदै छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसैबिच आरोपीलाई भारत तर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गएराति पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।
आइतबार साँझ करिब ७ बजेतिर भानुभक्तले श्रीमती र छोरामाथि पेट्रोल छर्केर आगो लगाएर भागेका थिए। घरायसी विवादका कारण श्रीमती र छोरालाई उनले आगो लगाएको प्रहरीले जनाएको छ । घरमा भानुभक्तकी दिदीलगायत पाहुना आएका थिए। उनीहरूले प्रहरीलाई जानकारी गराएपछि घटना बाहिर आएको थियो। श्रीमती गंगामाथि भानुभक्तले पाँच लाख रूपैयाँको हिसाव देखाउन भनेपछि विवाद भएको थियो।
१६ माघ २०७९, सोमबार ०८:४७ प्रकाशित