२६ बैशाख २०८१, बुधबार
नेपालगञ्ज महोत्सवमा कुस्ती प्रतियोगिता हुने
  • काँचुली खबर

११ माघ, नेपालगन्ज । बाँकेको नेपालगञ्जमा संचालन भईरहेको प्रादेशिक महोत्सवमा कुस्ती प्रतियोगिता हुने भएको छ । चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव अन्तर्गत माघ १४ गते देखि १८ गतेसम्म कुस्ती प्रतियोगिता हुने महोत्सव प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

महोत्सवमा मुख्य आकर्षणका रुपमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता हुन लागेको हो । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने संयोजक कंडेल बताए ।

आज यी कलाकार आउदै

महोत्सवमा आज राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारले प्रस्तुती दिने भएक छन । दर्शकको मनोरञ्जनका लागि आज गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउने कार्यक्रम तय भएको छ ।महोत्सवमा लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता समृत संचालन भईरहेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा। लि।को संयुक्त आयोजनामा नेपालगञ्जमा संचालन भईरहेको प्रतियोगिताको मंगलबार लुम्बिनी प्रदेशकी मन्त्री कृष्णा केसी (नमुना) ले उद्घाटन गरेकी थिईन ।

महोत्सवमा प्रवेशका लागि ६० रुपैया प्रवेश शुल्क र विद्यार्थीलाई ५० रुपैँया टिकट दर राखिएको छ । महोत्सबमा २ सय स्टल रहेका छन जसभित्र थारु होमस्टे, थारु गाउँ पनि समावेश गरीएको छ । महोत्सव भित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहेको छ ।

यस्तै बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत रहेका छन । महोत्सवमा राष्ट्रिय, अन्तरराष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवमा १२ जिल्लाका उद्यमीहरुको उत्पादन गरेको वस्तुलाई पहिलो प्रथामिकता तथा स्थानिय बस्तुलाई पनि प्रथामिकता दिईने आयोजक संस्था सिवालय सेक्युरिटिका अध्यक्ष भक्त बहादुर थापाले जानकारी दिए ।

  • ११ माघ २०७९, बुधबार १२:५३ प्रकाशित
  • Nabintech