१६ चैत्र २०८०, शुक्रबार
पञ्चे बाजा संरक्षण गर्दै नरैनापुर गाँउपालिका
  • काँचुली खबर

६ माघ, नरैनापुर । पछिल्लो समय नयाँ प्रविधि आविस्कारसंगै लोप हुँदै गएको पञ्चे बाजा संरक्षणमा नरैनापुर गाँउपालिका जुटेको छ ।

पछिल्लो समय नयाँ पुस्तामा पञ्चे बाजा प्रतिको रुची कम हुँदा बढी प्रचलित पञ्चे बाजा बजाउने संख्या घट्दै गएको देखे पछि पञ्चे बाजाको संरक्षण र यसका वाद्यवादकहरुलाई थप प्रोत्साहित गर्न नरैनापुर गाउँपालिकाको वडा नं. ६ मा रहेको पञ्चे बाजा समूहलाई एक सेट बाजा खरिद गरेर प्रदान गरिएको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

पञ्चे बाजा समूह विहे, व्रतवन्धका साथै सुखद कार्यक्रममा शूभ कार्यका लागि बाजा बजाउने प्रचलन छ । पछिल्लो समय पञ्चे बाजामा सांस्कृतिक, सामाजिक हिसाबले महत्वपूर्ण भए पनि बजाउनमा नयाँ पुस्ताको चासो र इच्छाशक्ति नदेखिएकाले गाउँपालिकाले पञ्चे बाजा संरक्षण तथा सो बाजा बजाउने समुदायको जीवनस्तर उकास्न बाजा प्रदान गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहको भनाई थियो ।

बाजा हस्तन्त्रण कार्यक्रममा गाँउपालिका अध्यक्ष शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा,वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल,लेखा प्रमुख भरत बस्नेत, जिन्सी शाखा प्रमुख भरत महतो, वडा सदस्य मंगरे खाँ लगायतको सहभागिता रहेको थियो ।

  • ६ माघ २०७९, शुक्रबार ०९:३३ प्रकाशित
  • Nabintech