सात बुँदे अवधारणपत्र सार्वजनिक गर्दै मंचको अन्तरक्रिया सम्पन्न
  • काँचुली खबर

१ माघ, कोहलपुर । नेपाल घर बहाल उपभोक्ता मंच बाँकेले आयोजना गरेको ‘घरबहाल समस्या र समाधान’ विषयक अन्तरक्रिया एवं बनभोज कार्यक्रम सम्पन्न भएको छ । कोहलपुरको सिद्दिविनायक सामुदायिक वनमा शनिबार आयोजित अन्तरक्रिया तथा बनभोज कार्यक्रमबाट ७ बुँदे अवधारणपत्र समेत सार्वजनिक गरीएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले घर बहालका समस्याहरु धेरै भएको बताईन । उनले राज्यको बलियो मेरुदण्डका रुपमा रहेका व्यवसायीहरुले नै घर बहालको समस्या झेल्दै आएको भन्दै राज्यले ठोस निति ल्याएर उक्त समस्या समाधान गर्नुपर्ने बताईन ।

उनले स्थानीय स्तरका सबै वस्तुगत व्यवसायीहरु एकजुट हुन सकेमा सबै समस्या समधान गर्न सकिने जिकिर समेत गरिन । “व्यवसायीहरु एकजुट भएर आएमा स्थानीय सरकार सहयोग गर्न तयार छ” सुवेदीले भनीन् ।

घरबहाल सरोकार महासंघका वरिष्ठ उपाध्यक्ष नवराज न्यौपानेले विश्वमै घर बहालको समस्या बिकराल भएको उल्लेख गर्दै आफुहरुको लामो संघर्षले नेपालमा घर बहाल सम्बन्धि केही नितिगत कुराहरु कायम गराउन सफल भएको भन्दै खुसी ब्यक्र गरे । त्यस्तै कार्यक्रमका विशेष अतिथि घरबहाल सरोकार महासंघका सस्थापक अध्यक्ष तथा बिदेश बिभाग प्रमुख शङ्कर कोईरालाले बाँकेमा नेपाल घर बहाल उपभोक्ता मंचको गतिविधि सन्तोषजनक रहेको भन्दै प्रशंसा गरेका थिए । मंचले घर बहालको क्षेत्रमा थोरै भएपनि उल्लेखनिय सुधारका कामहरु गर्दै आएको उल्लेख गर्दै कोईरालाले कुनै पनि शक्तिको अगाडी नझुकेर आफ्नो लक्ष्यमा अगाडी बढ्न समेत आग्रह गरे ।

कार्यक्रम बोल्दै कोहलपुर उधोग वाणिज्य संघका अध्यक्ष लक्षमण राज पौडेलले कोहलपुरको स्थानीय सरकारले घर बहालको सन्दर्भमा विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, “घर बहालमा बस्ने र घरबेटि बिचको लिखित सम्झौताको अभावमा समस्या आईरहेको छ । यसलाई स्थानिय स्तरबाटै समाधान गर्न आवश्यक छ ।”

उनले सबै सरोकारवाला निकायसँगको समन्वय एवम् कोहलपुर उधोगवाणिज्य संघसंगको सहकार्यमा घर बहाल कर लागू गर्न स्थानीय सरकारको ध्यानाकर्षण गरे । आफुहरु बैंकमा देखापरेको तरलता र व्याजदरको विरुद्ध निरन्तर आन्दोलनमा रहेको उल्लेख गर्दै पौडेलले अनियमित ब्याजदरका बिरुद्धमा सबै ब्यापारी एक हुनुपर्ने धारणा समेत राखेका थिए ।

नेपाल घर बहाल उपभोक्ता मंच बाँकेका अध्यक्ष तिलक सिंह कार्कीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा घरबहाल सरोकार महासंघका सचिव तथा लुम्बिनि प्रदेशका संयोजक राजु लिगल, सस्थाका सल्लाहकार डोलराज अर्याल, बिष्णु खनालका साथै बिभिन्न क्षेत्रका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यस्तो छ अवधारणपत्र :

  • १ माघ २०७९, आईतवार १४:१४ प्रकाशित
  • Nabintech