नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार बृहत रक्तदान सम्पन्न भएको छ । नेपाल गोजुरियो कराते डोजाङ्ग जिल्ला कार्य समिति बाँकेको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा करिब १ सय २५ जनाले रक्तदान गरेका थिए ।
दुर्गम जिल्लाबाट आउने विरामीहरुका लागि अस्पतालमा रगतको चरम अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल गोजुरियो कराते डोजाङ्ग जिल्ला कार्य समिति बाँकेका अध्यक्ष कुस्माखर बस्यालले बताए ।
खजुरा गाउँपालिका वडा नं १ का वडाध्यक्ष सुमन मल्लको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा डोजाङ्ग जिल्ला कार्य समितिका पदाधिकारीहरु , करातेका खेलाडीहरु सर्वसाधारणहरुले रक्तदान गरेका थिए । रमेश मिजारको संयोजकत्वमा भएको कार्यक्रमको नेपाल गोजुरियो कराते डोजाङ्ग जिल्ला कार्य समिति बाँकेका सचिव नवकिरण शाहले संञ्चालन गरेका थिए ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

३० असार २०७५, शनिबार १५:४९ प्रकाशित