लुम्बिनीमा सात दिनभित्र सरकार गठन गर्न आह्वान
  • काँचुली खबर

२१ पुस, दाङ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गरेका छन । प्रदेश प्रमुख शेरचनले पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन ।

उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार सरकार गठनका लागि आह्वान गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरीएको हो ।

  • २१ पुष २०७९, बिहीबार १९:५२ प्रकाशित
  • Nabintech