८ पुस, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको जनआस्था बहुउद्देश्यीय सहकारी सस्थाको १५ औं बार्षिक साधारण सभा शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ ।
सञ्चालक समिती सदस्य मञ्जु कोईरालाको स्वागत मन्तब्यबाट प्रारम्भ भएको साधारण सभाको कोहलपुर नगरपालिका वडा नं. ११ की वडा अध्यक्ष कल्पना अधिकारीले उद्घाटन गरेकी थिईन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उदघाटन शत्रलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी अधिकारीले सहकारीहरुले वडासँग सहकार्य गरेर काम गर्नुपर्ने बताईन । उनले समस्या परेपछि मात्र वडालाई गुहार्ने परिपाटिको बिकास भईरहेको चर्चा गर्दै शेयर सदस्यले आफ्नो संस्थाको अबस्थाबारे नजिकबाट नियालेर मात्र कर्जा बचत कारोबार गर्नुपर्नेमा जोड दिईन ।
कर्जा प्रवाह गर्दा परियोजना विश्लेषण गरेर मात्र गर्नुपर्ने भन्दै वडा अध्यक्ष अधिकारीले दोहोरोपनाले बिकराल समस्या लिन सक्ने औंल्याउदै सदस्यले समेत सहकारीको कर्जा लिएर तेस्रो पक्षलाई चलाउन दिएर समस्या उत्पन्न भईरहेको चर्चा गरिन । ऋणको सदुपयोग गर्न नसक्ने ऋणीले समेत कर्जा लिन उत्प्रेरीत नहुन आग्रह गर्दै कर्जाको भारले धेरै जसोको उठिबास लाग्ने समेत चेतावनी दिईन ।
जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुबेदीले सहकारीहरु निती विधी र प्रबिधि अनुरुप चल्नुपर्ने भन्दै सहकारीहरुले कार्यपालिका, ब्यबस्थापिका र न्यायपालीका चले जसरी चल्ने गरि निति अख्तियार गरि सञ्चालनमा आउनुपर्ने बताए । सहकारीको प्रगतिको कामना गरेका सुबेदीले कुनै पनि समस्या आई परे जिल्ला सहकारीले जुनसुकै बेला सहयोग गर्ने भन्दै बिधि र बिधान बमोजिम सहकारीलाई हिडाउन सके सहकारीको भबिष्य उज्वल रहेको चर्चा गरे ।
सहकारी संस्थाका संस्थापक अध्यक्ष प्रमोद रिजालले १५ वर्ष अघि आफुले कोहलपुरको पिपलचौतारामा बसि निर्माण गरेको सहकारीले आज ३ करोड बढिको कारोबार गरेको थाहा पाउदा आफुलाई गर्व लागेको बताउँदै आफुले जन्माएको सस्थाको हितकालागि आफुले जुनसुकै मुल्य चुकाउन समेत तयार रहेको बताए ।
सहकारीका अध्यक्ष विष्णु प्रसाद बेल्वासेको सभापतित्वमा आयोजित उक्त साधारण सभामा ०७८/०७९ को वार्षिक प्रतिवेदन सर्बसम्मतले पारीत गरेको छ भने चालु बर्षको निती, कार्यक्रम र बजेट समेत सर्बसम्मतले पारीत गरेको छ ।
सहकारिले यस अबधि सम्म आइपुग्दा ५३७ शेयर सदस्य मार्फत आफनो पुजि ३३ लाख तिस हजार एक सय रुपैया पुर्याउन सफल भएको छ भने कुल निक्षप १ करोड २२ लाख उन्साठि हजार चौतिस संकलन गरि १ करोड उन्साठि लाख अन्ठानब्बे हजार नौ सय उनानब्बे कर्जा प्रबाह गर्न सफल भएको छ ।
सहकारीले आ.ब. ०७८/०७९ मा ३ करोड २० लाखको कारोबार गरि खुद मुनाफा २ लाख पैंसठ्ठी हजार नौ सय एक्काई गर्न सफल भएको छ ।
देशमा कोभिडको महामारीका बिच पनि सहकारी स्वसक्ष्मता तर्फ लागेको प्रतिकृया प्रबुद्ध जेष्ठ नागरीक मञ्चका कार्य समिती सदस्य हरी पौडेलले टिप्पणी गरेका छन ।
१५औं साधारण सभा उल्लासपुर्ण तरिकाले सम्पन्न भएको छ भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव तेजु भण्डारीले गरेका थिए भने सस्थाले उत्कृष्ट बचतकर्ताहरु अगन्धर पौडेल र रिखिराम खत्रि र उत्कृष्ठ ऋणिहरु क्रमश बब्लु कुमार गुप्ता र जगदिश भुषाललाई सम्मान समेत गरेको थियो ।
८ पुष २०७९, शुक्रबार १५:४७ प्रकाशित