स्ववियु चुनाव २८ गते सार्न प्रस्ताव
  • काँचुली खबर

पुस ७, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १४ गतेमा नहुने भएको छ। १४ को ठाउँमा २८ गते गर्न प्रस्ताव गरिएको छ । बुधबार शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बसेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषदको बैठकले फागुन २८ गते गर्ने प्रस्ताव गरेको थियो।

डीनहरूले विद्यार्थीको परीक्षाका कारण १४ गते चुनाव गर्न नसकिने बताएका थिए। विद्यार्थीहरूको परीक्षा सञ्चालन भइरहेकाले यसअघि गर्दै आएको मितिमा चुनाव गर्न सकिने अवस्था नरहेको शिक्षाध्यक्ष भुसालले बताए । अब विद्यार्थी संगठनहरूसँग बसेर थप छलफल गरेर २८ गतेको मितिबारे टुंगोमा पुगिने भुसालले बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

परिषदले त्रिविका ९ वटै संस्थान र संकायका डीनसँग चुनावी तयारीका विषयमा छलफल गरेको थियो । २८ गते चुनाव गर्ने मोटामोटी सल्लाह भएको विद्यार्थी संघ-संगठनसँग पनि छलफल गरेर निर्णयमा पुगिने उनको भनाई छ ।

त्रिविले १४ वर्षपछि स्ववियु चुनाव गर्दैछ। त्रिवि शैक्षिक क्यालेन्डरमा २/२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । तर २०६५ यता त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन ।

  • ७ पुष २०७९, बिहीबार १९:०१ प्रकाशित
  • Nabintech