७ पुस, काठमाण्डौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको सांसद सुदन किरातीले जानकारी दिए ।
त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको थियो । यस्तै दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन भएका छन् । तर दलको उपनेता र सचेतक थप गृहकार्य गरेर मात्रै बनाउने प्रचण्डले बैठकमा बताएका छन् । सरकार गठन भएपछि सचेतक र उपेनताको टुंगो लगाउने बताइएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसैबीच माओवादी केन्द्रबाट राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् । माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता, सचेतक र उपनेता चयन गरेको हो । बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।
७ पुष २०७९, बिहीबार १८:४८ प्रकाशित