पुस २, काेहलपुर । किराहरूकालागि पाँचतारे हाेटल ! माथिकाे शीर्षक पढ्दा तपाईं आश्चर्यमा पर्नुभयाेहाेला । तर याे सत्य हाे । बाँकेका एक पर्यटन ब्यवसायीले किराहरूकालागि पछिल्लाे केही वर्षयता पाँचतारे हाेटल चलाईरहेका छन ।
बाँकेकाे बैजनाथ गाँउपालिकामा रहेकाे गाभर भ्यालिमा किराहरूकालागि हाेटल संचालन गरीएकाे छ । त्यहाँ कीराका लागि चाहिने हरेक किसिमको वातावरण तयार पारिएको छ। सुविधासम्पन्न घर, स्विमिङ पुल, झुलालगायत पूर्वाधार बनाइएका छन् । सुविधासम्पन्न पुर्वाधार बनाएरै किरा पाल्न थालेका कृष्ण चाैधरीले त्यसलाई किराहरूकाे पाँचतारे हाेटलका रूपमा विकास गरेका हुन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
गाभर भ्यालि हाेमस्टेका अध्यक्ष समेत रहेका थारूले किराहरूकाे सुविधाकालागि अत्याधुनिक संरचना बनाएका छन । यहाँ कीराहरूलाई बस्ने राम्रो व्यवस्था गरिएको छ । होटलमा जस्तै चौधरीले पनि कीराहरू बस्ने ठाउँलाई डिलक्स रुम, स्विट रुमजस्ता नाम दिएका छन् । ‘कीरा पनि स्विमिङ पुल, डिलक्स, स्विट रुम, स्टेसन, क्याबिन, झुलालगायतमा रमाइरहेका छन्,’ उनी भन्छन्, ‘अहिले पुत्का मौरी, घारमौरी, सेरेना मौरी भमरा, झिमिरी, अरिंगाल आएर बसिरहेका छन् ।’
ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै होमस्टे सञ्चालन गरेर बसिरहेका कृष्णलाई कीरा पाल्न रहर किन लाग्यो ? उनी भन्छन्, ‘यो रहर मात्रै होइन, आवश्यकता पनि हो । खासगरी कीराको संरक्षण गर्नुपर्छ भनेर सचेतना जगाउने उद्देश्य हो ।’
पहिलेका घरहरू मानवमैत्री र कीरामैत्री हुन्थे । तर अहिलेका घरमा सिमेन्ट र टिन प्रयोग गर्नाले कीरालाई असर परिरहेको उनको भनाइ छ ।
‘हामी मान्छेका गतिविधिका कारण वातावरणमा असर परिरहेको छ। विगतमा गाउँघरमा रैथाने, स्थानीय वस्तुले बनेका घर हुन्थे, जुन मानवमैत्री र कीरामैत्री थिए,’ उनी भन्छन्, ‘कीरा र मान्छे मिलेर बसेको अवस्था थियो । अहिले सिमेन्टका घर बन्न थाले, टायल, खपटा, खरको सट्टा टिन लगाउन थालियो। जुन घर कीरामैत्री होइनन् ।’

घरको सुन्दरताका लागि प्रयोग हुने इनामेल, पेन्ट कीराका लागि विष भएको चौधरीको भनाइ छ । उनी भन्छन्, ‘घरमा केमिकल प्रयोग गर्दा कीरा हुर्किन पाएनन् नै यस्ता चिज मान्छेका लागि पनि उपयुक्त होइनन् ।’
मौरी प्रजातिका कीरा मात्रै लोप हुने हो भने पनि मानवीय आयु एकदमै कम हुने शोधहरूले देखाएको उनको दाबी छ ।
कृष्णले पालेका कीराको घरलाई ‘गाभरभ्याली सामुदायिक जिन बैंक’ नाम दिइएको छ । जसलाई २०७८ फागुन २४ गते नेपालमै पहिलोपटक आधिकारिक रूपमै घोषणा गरिएको हो । जिन बैंकलाई विस्तार गर्दै हरेक जिल्ला, विद्यालयहरूमा पुर्याउने लक्ष्य राखिएको चौधरी बताउँछन् ।
मानवीय कारणले वातावरणमा प्रतिकूल असर पर्दै गइरहेका बेला जीव, कीरा, रैथाने बोटबिरुवा, जलीय जीवको संरक्षण गर्ने उद्देश्यले जिन बैंक स्थापना गरिएको उनको भनाइ छ ।
अहिले करेसाबासी, बगैँचा हेर्ने हो भने पनि विदेशबाट आयातीत फलफूल प्रयोग भइरहेको छ । ‘स्थानीय उत्पादनका फलफूल र अन्नपात लोप हुँदै गएका छन्,’ उनी भन्छन्, ‘रैथाने बोटबिरुवा कीराका लागि अति पोसिलो हुन्थ्यो, मानिसका लागि पनि स्वस्थकर हुन्थ्यो । अहिले दुवैका लागि यस्ता चिजको अभाव खड्किरहेको छ ।’
विगतमा जस्तै रैथाने बोटबिरुवा, खाद्यान्न, फलफूल प्रयोग गर्न सके वातावरण सन्तुलनमा सहयोग पुग्ने उनको विश्वास छ । ‘राम्रो, छिटो प्रतिफल पाउने नाममा स्वास्थ्य र संस्कृतिसँग जोडिएको बोटबिरुवाको नास गरिरहेका छौँ,’ उनी भन्छन्, ‘यसलाई फेरि पुनःस्थापित गर्दै कृषि, वातावरणसँग जोडिएका कीराजन्य, जलसँग जोडिएका विभिन्न खाद्य परिकारका बोटबिरुवाहरू संरक्षण गर्नुपर्छ ।’ स्राेत:हिमालप्रेस
२ पुष २०७९, शनिबार ११:०६ प्रकाशित