अख्तियारकाे छानविनमा निर्धनकाे ५९ वटा फाईल, कर्मचारीकाे भागाभाग
  • काँचुली खबर

पुस १, काेहलपुर । नेपाल राष्ट्र बैंकबाट घ बर्गको ईजाजत प्राप्त निर्धन लघुवित्त वित्तीय संस्था यतिबेला चरम नैतिक संकटमा परेको छ । कर्मचारीहरुले बढुवा हुँदा पेश गरेका शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियारमा उजुरी परेपछि अख्तियारकै निर्देशनमा नेपाल राष्ट्र बैंकले अनुसन्धानका लागि भन्दै निर्धन उत्थान लघुवित्तको केन्द्रिय कार्यालयबाट मंशिर ९ गते ५९ फाईल कब्जागरि अनुसन्धानका लागि लगेपछि अहिले उक्त संस्था नैतिक संकटमा परेको हो ।

राष्ट्र बैंकले ५९ फाईल लगे लगत्तै उक्त संस्थामा कार्यरत ३७ कर्मचारीले राजिनामा दिईसकेको निर्धन उच्च स्रोतले बताएको छ । यसरी राजिनामा दिनेमा सहायक महाप्रबन्धक राज नारायण दास देखि उच्च पदस्थ र अन्य सहायक स्तरसम्मका रहेका छन । राष्ट्र बैंकले फाईल लिएर अनुसन्धानकै चरणमा रहेको बेला यसरी राजिनामा आउनुले ति पेश गरेका शैक्षिक प्रमाण पत्र नक्कली नै भएको निर्धन सम्बद्ध कर्मचारी युनियनले समेत अडकलबाजि गर्न लागेको छ । यसरी राष्ट्र बैंकले फाईल अनुसन्धान गर्ने क्रममै राजिनामा दिनेहरुमा राजनारायण दास, बिन्दा सिंह कार्की, अग्नि पौडेल, पिताम्बर पौडेल, कृष्ण पौडेल, राजु तामाङ, अजिमुल्ला दर्जि, रामजि भट्टराई, भोज बहादुर लामिछाने, कृष्ण कान्त अधिकारि, मदन न्यौपाने, शान्ति पाण्डे, महेन्द्र कुवर, श्याम थापा, यमुना न्यौपाने, मिश्रीलाल कुम्हार, सुरेश मणि त्रिपाठी, लालबहादुर राना, रमेश पन्थी, रबि गुरुङ्ग, नारायण खराल, रामचन्द्र भट्टराई, राजकुमार चौधरी, ईश्वर चौधारि, शुर्यमनी कोईराला, देबिराम पराजुलि, माधब शर्मा, राम उग्र चौधरी, जित नारायण चौधरी, टोप बहादुर रास्कोटि, हजरत अलि, अर्जुन खनाल र नारायणी अर्याल रहेका छन । यसरी राजिनामा दिने एकाध कर्मचारी (नारायणि अर्याल, राम जि भटट्राई)  भने सर्टिफिकेट काण्ड भन्दा फरक प्रकृतीबाट आफनो कार्य ब्यस्तता देखाउदै राजिनामा दिने पनि रहेका छन ।

अनुसन्धानकै क्रममा रहेको बेला प्रक्रिया मिलाउदै आएको राजिनामा धमाधम स्विकृत गराउदै उपदान समेत बितरण हुँदै आएको निर्धन उच्च स्रोतले बताएको छ । यसरी अनुसन्धानका क्रममा राजिनामा स्विकृत गराएर उपदान बितरण हुनु प्रचलित कानुन सम्बद्ध नभएको कानुन ब्यबसायी बताउछन । राजिनामा स्विकृत गर्नेलाई समेत कानुनले मतियारको रुपमा हेर्ने भन्दै कानुन बयबसायीहरुले शैक्षिक प्रमाण पत्र नक्कली भएको प्रमाणित भए कर्मचारीहरुले हालसम्म खाईपाई आएको तलब भत्ता फिर्ता गर्नुपर्ने र कानुनले तोकेबमोजिम दण्ड सजाय भोग्न पर्ने अख्तियारले जनाएको छ ।

बढुवा गर्दा पदपुर्ति समितीले इकुभ्यालेन्ट नभएका सर्टिपिकेटलाई समेत मान्यता दिने गरेको भन्दै एकथरी कर्मचारीहरुले रोष प्रकट गरेका छन । राष्ट्रिय स्तरको नाम चलेको निर्धन लघुबित्तले आफ्नो छबि माथि नै आँच आउने गरि गरेको यस्तो कार्यले हालसम्म उस्ले कमाएको छबि समेत धुमलिएको जानकारहरु बताउछन । यस बारे बुझन खोज्दा निर्धन कर्मचारी युनियनका अध्यक्ष सन्तोष आचार्य (९८४८०८२९४०) ले घटना सामान्य भएको प्रतिक्रिया दिए भने संस्थाका सुचना अधिकारी राम बहादुर चौधरीको मोबाईल नं. ९८५७०११५६२ मा पटक पटक फोन गर्दा लाईन बिच्छेद गर्दै सम्पर्कमा आउनै चाहेनन् ।

७७ जिल्लामा १८५ शाखा कार्यालय मार्फत करीब ४ लाख बढिलाई वित्तीय सेवा प्रदान गरिरहेको निर्धन लघुवित्तले करीब २७ अर्ब २८ करोड लगानि समेत गरेको छ ।

अन्नपुर्णमा आएको समाचारको बिषयलाई लिएर धम्कि

यसैबिच गत मंशिर २५ गते अन्नपुर्ण पाेष्टमा समाचार आएको बिषयलाई लिएर नारायणि अर्यालका पति श्रीराज राज भण्डारीले बाँकेका पत्रकार प्रमोद रिजालको मोबाईल नं. ९८४८०८१५१२ मा कल गर्दै धम्कि दिएका छन । ठाडो भाषा प्रयोग गर्दै श्रीराजले जे पनि गर्न सक्ने भन्दै अन्नपुर्णको सम्पादक आफ्नो एकै थालमा खाने साथि भएको भन्दै धम्कि दिएका हुन । श्रीराज कोहलपुरकै बासिन्दा हुन । यस सम्बन्धमा कोहलपुरमा क्रियाशिल पत्रकारहरुले यस्तो घटनाको निन्दा गरेका छन । नेपाल बायुसेवामा लोडरको रुपमा काम गर्ने श्रीराजले कस्को आडमा धम्कि दिएका हुन सो को पुष्टि हुन भने बाँकि छ ।

  • १ पुष २०७९, शुक्रबार ११:०९ प्रकाशित
  • Nabintech