जाजरकोट जीप दुर्घटनामा ११ जनाको मृत्यु (नामावलीसहित)
  • काँचुली खबर

२६ मंसिर, कोहलपुर । जाजरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी माधव श्रेष्ठले बताए ।

कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता श्रेष्ठका अनुसार मृत्यु हुनेमा सवारी चालक भगवतीमाई गाउँपालिका २ दैलेखका मानबहादुर रावत, छेडागाड नगरपालिका-६ का वीरबहादुर खत्री, छेडागाड-५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका-३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का छन ।

यस्तै, छेडागाड-५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड-६ का रामबहादुर बुढाको पनि दुर्घटनामा मृत्यु भएको छ । यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइते छेडागाड नगरपालिका-२ का जयलाल अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२-०० १ च ०४२९ नम्बरको बोलेरो जीप मध्यपहाडी सडकखण्ड अन्तरर्गत छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैँ अनियन्त्रित भई २०० मिटर तल खसेको थियो ।

मृतकको नामावली यसप्रकार छ:

१) चालक मानबहादुर रावत – भगवतीमाई गाउँपालिका २, दैलेख
२) अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
३) सुरेन्द्र केसी – भगवतीमाई ३, दैलेख
४) वीर बहादुर खत्री – छेडागाड नगरपालिका ६, जाजरकोट
५) जयकुमार बुढा – छेडागाड ५, जाजरकोट
६) नैसरा अधिकारी – छेडागाड ५, जाजरकोट
७) राम बहादुर बुढा – छेडागाड ६, जाजरकोट
८) दीपक अधिकारी – छेडागाड ५, जाजरकोट
९) देवीसरा बुढा – छेडागाड ५, जाजरकोट
१०) अम्मर बहादुर अधिकारी – छेडागाड ५, जाजरकोट
११) निशा अधिकारी – छेडागाड जाजरकोट

  • २६ मंसिर २०७९, सोमबार २१:०० प्रकाशित
  • Nabintech