मंसिर २६, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र एसिया रग्बी एसोशियसनका अध्यक्ष कैस अल धलाइबिच भेटबार्ता भएको छ । बिहिबार नेपाल आएका धलाइले आईतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री अथकसँग भेटवार्ता गरेका हुन ।
भेटका क्रममा नेपालमा रग्वी खेलको विकासका विविध पक्षबारे छलफल भएको थियो । नेपालमा रग्वी खेलको विकासकालागि सरकारले प्रयास गरीरहेको बताउँदै मन्त्री अथकले बिदेशि एसिया रग्बीका अध्यक्षको नेपाल भ्रमणले अन्तरास्ट्रिय लगानि भित्र्याउन सहज हुने विश्वास ब्यक्त गरे ।
भेटमा धलाइले नेपालमा रग्बी खेलको सम्भावना प्रचुर रहेको उल्लेख गर्दै पुर्वाधार तथा रग्बी खेलको समग्र विकासमा सहयोग गर्ने प्रतिवद्दता जनाए ।
शिबारदेखि दशरथ रंगशालामा संचालन भएको दुई दिने यु-१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपकालागि धलाइ बिहिबार नेपाल आएका आएका हुन । नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता आयोजना गरीएको हो ।
२५ मंसिर २०७९, आईतवार १८:२१ प्रकाशित