१४ बैशाख २०८१, शुक्रबार
प्रेस सेन्टर खजुरा शाखा पुनर्गठन, अध्यक्षमा अधिकारी चयन
  • काँचुली खबर

मंसिर २३, कोहलपुर । प्रेस सेन्टर नेपालको खजुरा शाखा पुनर्गठन गरीएको छ । शुक्रबार प्रेस सेन्टर निकट पत्रकारहरुको भेलाले खजुरा गाँउपालिका स्तरीय कमिटि पुनर्गठन गरेको हो ।

हरिशरण अधिकारीको अध्यक्षतामा चयन गरीएको नयाँ कमिटीको उपाध्यक्षमा सीता ओली, सचिवमा पुरन परियार, सहसचिवमा अकतार खाँ र कोषाध्यक्षमा अमृता खवास चयन भएका छन । त्यसैगरी सदस्यहरुमा लोपजंग मल्ल र रेखा थापा चयन भएका छन ।

प्रेस सेन्टर बाँकेले जिल्लाका ८ वटै पालिकामा कमिटि बिस्तार गर्ने क्रममा यसअघि खजुरा गाँउपालिकास्तरीय तदर्थ समिति गठन गरेको थियो । उक्त समितिलाई पुर्णता दिने क्रममा शुक्रबार नयाँ कमिटि चयन गरीएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले जानकारी दिएका छन ।

बाँकेमा पालिकास्तरीय कमिटि बिस्तार गर्ने प्रेस सेन्टर पहिलो संगठन हो ।

  • २३ मंसिर २०७९, शुक्रबार २०:२६ प्रकाशित
  • Nabintech