मंसिर २३, कोहलपुर । बाँकेकाे काेहलपुरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कोहलपुरमा उपलब्ध लायन्स क्लबहरुले संयुक्त रूपमा काेहफपुर ११ न्युराेडमा आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५७ प्वाईन्ट रगत संकलन भएको छ ।
लायन्स क्लब अफ कोहलपुर, लायन्स क्लब अफ सयपत्रि, लायन्स क्लब अफ कस्तुरी तथा लायन्स क्लब अफ मानसरोबरको संयुक्त आयाेजनामा भएकाे रक्तदान कार्यक्रममा काेहलपुर क्षेत्रका बुद्धिजिवि, ब्यापारी, बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका कर्मचारी तथा लायन्स क्लबका सदस्यहरुले रक्तदान गरेकाे लायन्स क्लब अफ कोहलपुरका अध्यक्ष राजेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्रले रक्तदान कार्यक्रममा प्राविधिक सहयाेग गरेकाे नेपाल रेडक्रस सोसाईटि कोहलपुरका राजेन्द्र महतराले बताए । रगतको अभावमा कुनैपनि बिरामीले अकाल मै ज्यान गुमाउन नपरोस भन्ने हेतुले लायन्स क्लबको बार्षिक कार्यतालिका बमोजिम रक्तदान कार्यक्रमको आयोजना गरिएको हाे ।
२३ मंसिर २०७९, शुक्रबार १५:४७ प्रकाशित