१५ चैत्र २०८०, बिहीबार
बयर खान गएका फुपु-भदैनी मृत अवस्थामा भेटिए
  • काँचुली खबर

मंसिर १८, कोहलपुर । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा न. ६ का दुई जनाको शव फेला परेको छ । शनिबारदेखी हराईरहेका राप्तीसोनारी ६ डाँडा टेपरीका २२ वर्षिया कन्चन थारु र १३ वर्षिया अर्चना थारुको  राप्ती नदिमा डुबिरहेको अवस्थामा शव फेला परेको हो ।

शनिबारदेखी उनिहरुको खोजी भईरहेको थियो । आइतबार बिहानै देखी सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा उनिहरुको खोजी गरीरहेका स्थानीयहरुले उनिहरु डुबेको स्थानदेखी झण्डै डेढ किलोमिटरको दुरीमा शव फेला पारेका हुन । मृतकद्वय एकै घरका फूपू-भतिजी हुन । अर्पना नेरा मा.वि. गुलरिमा कक्षा ८ मा पढ्ने विधार्थी हुन । उनिहरुको शब पोष्टमार्टमकालागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।

शनिवार घरबाट बयर खान निस्कीएका दुबै जना राप्ती नदिमा डुबेर वेपत्ता भएका थिए । अस्थायी प्रहरी चौकी फत्तेपुर (ख) का इन्चार्ज सई यम बहादुर बस्नेतका अनुसार बयर खान गएका ७ जना किशोरी मध्ये ५ जनालाई पौडी खेलेर सकुशल उद्दार गरिएको थियो भने २ जना वेपत्ता भएका थिए ।

  • १८ मंसिर २०७९, आईतवार ०९:५७ प्रकाशित
  • Nabintech