प्रदेश राजधानी स्थापनाकालागि भाैतिक संरचना निर्माण कार्य युद्ध स्तरमा गर्न निर्देशन
  • काँचुली खबर

मंसिर १५, भालुबाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको पहिलो प्राथमिकताको योजना प्रदेशको स्थायी राजधानी निर्माणको कार्यलाई युद्धस्तरमा अगाडि बढाएको छ । प्रदेश पूर्वाधार प्राधिकरण मार्फत भईरहेकाे कामलाई निर्वाचन लगत्तै थप तिव्रता दिन मुख्यमन्त्री कुलप्रसाद केसीले निर्देशन दिएका छन ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो राजधानीको स्थायी मुकाम र नामाकरण दुइतिहाई बहुमतका साथ २०७७ साल असोज २० गते प्रदेशसभाबाट पारित गरेको थियो । यसै निर्णयको कार्यन्वयका लागि प्रदेश सरकार निरन्तर लागेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाबाट २०७७ साल असोज २० गते निर्णय गरेपनि जग्गा एकीकरण, जमिन प्राप्त, राप्ती टेक्निकल विश्वविद्यालय लगायतका प्रक्रियागत कार्यले केही ढिलाई हुन पुगेको प्रदेश सरकारले बताएको छ । तर पछिल्लाे समय पुर्वाधार निर्माण कार्य तिब्र गतिमा अगाडि बढेको प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छाविराज पोख्रेलले बताए । आफ्नो कार्यकालमै राजधानी लिएर छाड्ने मुख्यमन्त्री कुलप्रसाद केसीको प्रतिद्धता भएकोले मुख्यमन्त्री तथा परिषद्को कार्यालय लगायत अन्य मन्त्रालय सञ्चालनका लागि पनि लागिपरेको पोख्रेलले बताए । यस्तै मन्त्रालयहरुका आधारभूत काम करिव ५ दिनमा र प्रदेशसभाको भवन प्रदेश सभा सदस्यहरुले सपथ लिदाँसम्म तयार हुने पाेख्रेलले जानकारी दिए ।

बुधबार निर्माण स्थलमा पुगेर कामलाई तिव्रता दिन निर्देशन दिदैं मुख्यमन्त्री केसीले भने, “सरकारले गरेको निर्णयलाई कार्यन्वय गर्ने हो, यसमा सबै पक्ष सहमति भएर निर्णय गरेपछि हामीले कार्यन्वय गर्ने हाम्रो काम हो । हामी गर्दछौँ तपाइहरुले समयमै काम सकिदिनुहोस् ।” सो स्थानमा भवन भित्रको कार्य, बाहिरको सरसफाई सभाहल निर्माण लगायतका कामहरु भइरहेका छन ।

  • १५ मंसिर २०७९, बिहीबार १७:४४ प्रकाशित
  • Nabintech