२३ माघ २०७९, सोमबार
पत्रकार महासंघ बाँकेले ‘पत्रकार स्वास्थ्य उपचार कोष’ स्थापना गर्ने
  • काँचुली खबर

मंसिर १४, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले ‘पत्रकार स्वास्थ्य उपचार कोष’ स्थापना गर्ने भएको छ । मंगलबार बसेको महासंघको कार्यसमिति बैठकले जिल्लाका पत्रकारहरुलाई मध्यनजर गर्दै स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय गरेको शाखाका सचिव कमल डाँगीले जानकारी दिएका छन ।

यसअघि बाँके शाखाले पत्रकारहरुकालागि एम्बुलेन्स खरीद गर्ने निर्णय गरेको थियो । एम्बुलेन्स खरीदकालागि महासंघले अभियान समेत संचालन गरेको थियो । पहिलो चरणको कोरोनाकालमा एम्बुलेन्स खरीदकालागि अभियान संचालन गरेको महासंघलाई बिभिन्न क्षेत्रका दाताहरुबाट १२ लाख ८८ हजार सहयोग रकम प्राप्त भएको थियो । तर सरकारले ल्याएको नयाँ कार्यविधिका कारण एम्बुलेन्स खरीद गर्न समस्या भएपछि पत्रकार स्वास्थ्य उपचार कोष स्थापना गरी सो रकम उक्त कोषमा जम्मा गर्ने निर्णय भएको डाँगीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ ।

“नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकार र आमनागरिकको हितलाई समेत ध्यानमा राखेर एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको थियो । उक्त कार्यका लागि बिभिन्न क्षेत्रका दाताहरुबाट सहयोग रकम प्राप्त भयो । सोही रकमबाट एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको थियो । तर सरकारले नयाँ कार्यबिधि ल्याएपछि महासंघले एम्बुलेन्स खरिद गर्ने अबस्था रहेन ।” विज्ञप्तीमा भनिएको छ, “बिभिन्न निकायसँग समन्वय गरी एम्बुलेन्स सन्चालन गर्ने अधिकतम प्रयास समेत सफल हुन नसकेपछि मिति २०७९ मंसिर १२ गते महासंघ बाँकेका पूर्व अध्यक्ष, सल्लाहकार, आस्थागत संगठनका अध्यक्ष समेतको सर्बपक्षिय बैठकको सुझावका आधारमा एम्बुलेन्स खरिद सम्बन्धी निर्णयलाई पुनरबिचार गर्ने गर्दै दाताबाट प्राप्त रु. १२ लाख ८८ हजार सहयोग पत्रकार स्वास्थ्य उपचार कोषमा निर्माण गरी जम्मा गर्ने निर्णय गरियो ।”

महासंघले उक्त कोष सञ्चालनकालागि कार्यविधि बनाउने निर्णय समेत गरेको छ । साथै पत्रकार स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णयप्रति दाताका तर्फबाट पाँच दिनभित्र आवश्यक सल्लाह, सुझाव एवं परामर्श संकलन गर्न सार्बजनिक रुपमा आह्वान गर्ने निर्णय समेत गरीएको छ ।

पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले मंसिर २९ गते शाखाको १३ औं वार्षिक साधारणसभा गर्ने निर्णय समेत गरेको छ । साधारण सभाका लागि बाँकेको पर्यटकीय क्षेत्र गाभर चयन गरीएको र साधारणसभाकै दिन लामो समयदेखि रोकिएका पुरस्कार समेत बितरण गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

महासंघको निर्णय हेर्नुहोस

  • १४ मंसिर २०७९, बुधबार २१:२१ प्रकाशित
  • Nabintech