नरैनापुरमा प्रभावकारी बनाईदै मतदाता शिक्षा
  • पुष्पराज हमाल

कार्तिक २८, नरैनापुर (बाँके) । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुर गाँउपालिकाले मतदाता शिक्षा कार्यक्रम संचालन गरेको छ ।

गाँउपालिकाले मतदातालाई मतदान गर्ने तरीका बारे सिकाउन पालिकाका सबै वडा तह हुँदै घरदैलोसम्म मतदाता शिक्षा सञ्चालन गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने सही तरीकाबारे जानकारी गराउन पालिकाको ६ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।

‘यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्दैछन्, उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउने लगायतका बारेमा मतदातालाई सिकाइदै छ’, उनले भने ।

मतदाता शिक्षा सञ्चालनका लागि सबै वडामा एक-एकजना स्वयंसेवक परिचालन गरिएको बताउदै प्रमुख प्रशासकिय अधिकृत खरालले मंसिर १ गतेसम्म सबै वडा हुँदै घरदैलोसम्म मतदाता शिक्षा पुग्ने गरेर मतदाता शिक्षा सञ्चालन गरिएको बताए ।

उनले भने ‘निर्वाचन आयोगको मापदण्ड अनुसार वडा-वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।’ मतदाताले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी दुईवटा र प्रदेशसभातर्फ पनि त्यसरी नै अलग-अलग दुईवटा मतपत्रमा मत हाल्नुपर्नेछ ।

नरैनापुर गाँउपालिका अध्यक्ष शाहले भने, ‘स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेन, त्यसले गर्दा मत बढी बदर भयो ।’ उनले भने ‘मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।’ अध्यक्ष शाहले मतदाताको सक्रिय सहभागिता र मत बदर हुन नदिनेगरी मतदाता शिक्षा कार्यक्रम संचालन गर्न निर्देशन दिएका छन ।

  • २८ कार्तिक २०७९, सोमबार १३:१५ प्रकाशित
  • Nabintech