गठबन्धनकाे पक्षमा उर्लियाे जनसागर, नरैनापुरको मुहार फेर्ने अथक र नमुनाकाे प्रतिवद्दता
  • काँचुली खबर

कात्तिक २६, काेहलपुर । बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुले आगामी ५ वर्षमा नरैनापुरकाे मुहार फेर्ने प्रतिबद्धता जनाएका छन । शनिवार गठबन्धनका तर्फबाट नरैनापुर गाँउपालिकामा आयोजित चुनावी सभामा बोल्दै गठबन्धनबाट बाँके १ को प्रतिनिधी सभा तर्फका साझा उम्मेदवार महेश्वर गहतराज (अथक) र बाँके १ (१) का प्रदेश सभा सदस्य उम्मेदवार कृष्णा केसी (नमुना)ले उक्त प्रतिबद्धता जनाएका हुन ।

सभामा बोल्दै माओवादीका स्थाई समिती सदस्य समेत रहेका युवा तथा खेलकुद मन्त्री एवं उम्मेदवार अथकले बिगत ५ वर्षमा बिकासको जग तयार गरीएकाे भन्दै आगामी ५ वर्षमा मुहार फेरीने बताए । उनले बिगतको दुर्गम नरैनापुरमा बिजुली, सडक पुर्वाधार, नदि नियन्त्रण, बिद्यालय, खानेपानी लगायतका पुर्वाधारहरु निर्माण गरिएको भन्दै अव कृषि, पर्यटन र रोजगारमा जोड दिईने बताए । उनले नरैनापुमा छोटी भन्सार, ईलाका प्रशासन, नापि तथा मालपोतका शाखा कार्यलय स्थपनामा पनि जोड दिईने दाबि गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पदकी उम्मेद्वार कृष्णा केसी नमुनाले बिगतको कामको आधारमा आफुहरुलाई मत माग्ने अधिकार रहेको भन्दै पुन: अत्याधिक मत दिएर बिजयी गराउन आग्रह गरिन । उनले आफुहरुको आगामी कार्यकाल बिकासको वर्ष हुने दाबि गरिन ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मीकीले अथक र नमुना बाहेक अन्य उम्मेदवारले नरैनापुरमा भोट माग्ने नैतिक अधिकार नभएको बताए । उनले बिकट बघौडाको बिकासका लागी क्रियासील अथक र नमुनालाई मत दिएर बिजयी गराउन आग्रह गरे । उनले संबिधानको रक्षा र बिकासका लागी गठबन्धन गरिएको भन्दै दाँयाबाँया नगरी मतदान गर्न समेत आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता हुर्मत न्यौपाने, पोषण केसी, कृष्ण कार्कीले देशभर ९१ स्थानमा प्रतिनिधी सभामा माओवादीले नेपाली काँग्रेसलाई मतदान गर्ने भन्दै बाँके निर्वाचन क्षेत्र १ र प्रदेश सभा १(१) मा कुनै संकोच नमानी गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न अग्रह गरेका थिए ।

चुनावी शमामा माओवादी केन्द्रकी स्थाई समिती सदस्य पुर्ण कुमारी सुबेदी, एकिकृत समाजवादीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँले पनि गठबन्धनमा दाँयाबाँया गर्ने छुट कसैलाई नभएको भन्दै आगामी सरकार गठबन्धनको बन्ने र यसले बिकास र समृद्धीको नेतृत्व गर्ने दाबि गरे ।

सभामा नेपाली काँग्रेसका नेता राम चन्द्र मौर्या, राज कुमार वर्मा, एकिकृत समाजबादीका समानुपातिक उम्मेदवार मौलाना अब्दुल जब्बार मञ्जरी लगायतले गठबन्धनलाई बिजयी गराउन कुनै कसर नराख्ने बताएका थिए । गठबन्धनको चुनावी सभामा उल्लेख्य मात्रामा स्थानियको सहभागिता रहेको थियो ।

  • २७ कार्तिक २०७९, आईतवार ०७:२५ प्रकाशित
  • Nabintech