१५ चैत्र २०८०, बिहीबार
उच्च ब्याजदरको बिरुद्दमा कोहलपुरका ब्यवसायीहरु आन्दोलित
  • काँचुली खबर

कात्तिक २३, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बृद्वि गरेको ब्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै बुधवार कोहलपुरमा विरोध प्रदर्शन गरेको छ । ‘बैंक आतंक बन्द गर’, ‘ब्याजदर स्थिर गर’, ‘ब्याजदर चको भो गरि खान गाह्रो भो’ जस्ता नारा सहितको प्ले कार्ड बोकेर कोहलपुरका उद्योगी ब्यबसायीहरु बिरोध प्रदर्शनमा उत्रिएका हुन ।

बिरोध र्याली पछिको कोणसभालाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले ब्यबसायीहरुलाई परेको मार्काप्रति एक्केबद्धता जनाउदै चर्को ब्याजदरका कारण ब्यबसायीहरु आफ्नो पेशा ब्यबसायबाट बिस्थापित भईरहेको बताए । ब्यबसायी मात्र हैन आर्थिक तरलताकै कारण सर्वसाधारणको घरमा समेत चुलो बल्न कठिन भएको भन्दै नगर प्रमुख आचार्यले राज्यले ठोस र दिर्घकालिन निती लिन नसक्ने हो भने राजनितीका अनेक आयामहरु आझेलमा पर्ने समेत बताए ।

सरकारले ब्याज जस्तो गम्भिर बिषयलाई नियन्त्रण गर्न नसके जनस्तरमा दुरगामी असर पर्ने मात्र नभई आर्थिक रुपमा ब्यबसाय र ब्यबसायी टाट पल्टिने र राज्यको आए स्रोत समेत सुक्ने उनको भनाई थियो ।

उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र अधिकारीले बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरले सबै उद्योगी व्यवसायीहरु सडकमा आउने परिस्थिती सिर्जना भएको भन्दै आन्दोलनको विकल्प नरहेको र आन्दोलनलाई बैंकमा ताला लगाउने स्थिती सम्म नपुरयाउन सम्बन्धित सबैलाई आग्रह गरे । उनले यसमा कुनै राजनैतिक सम्बन्ध नभएको जिकिर गर्दै ब्याज र आधारदर नियन्त्रणका निम्ति केन्द्रिय महासंघबाट समेत पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य नरेन्द्र प्रसाद शार्माले सिमित १०/१२ जनाको चंगुलमा पुगेको देशको अर्थतन्त्र धरासायी भएको टिप्पणी गर्दै सिमित ब्यक्तिको लाभको बोझ ब्यबसायीहरुले बोक्नु परिरहेको भन्दै राज्यका निकम्मा निकायहरुले तरलताको स्थिती नियन्त्रण नगरी ब्याज र आधार दरको भारि सर्बसाधरणको टाउकोमा थुपारीरहेको बताए । उनले राज्य गम्भिर नहुने हो भने देश श्रीलंका हुनेमा दुबिधा नभएको औंल्याउदै राज्य सञ्चालकहरु गम्भिर हुन आग्रह गरे ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति एवम् चालु चालु पूजी कर्जा निर्देशिका २०७९ व्यवसायीहरुलाई धरासयी बनाउँदै बैंक वित्तिय संस्थाहरुको हितमा मात्र भएकाले अविलम्ब परिमार्जन नभएसम्म चरणबद्व आन्दोलनमा उत्रिने बताउदै उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले ब्यबसायीहरुलाई सडक सम्म पुर्याउने गरि गरिएको चर्को ब्याजदर अबिलम्ब फिर्ता गर्नुपर्ने बताए । उनले कर्जा प्रबाह गर्दा नै निश्चित दर तोकेर आधर रेट र ब्याज पुनः नबढने गरी कायम हुनुपर्नेमा जोड दिए ।

  • २३ कार्तिक २०७९, बुधबार १३:४१ प्रकाशित
  • Nabintech