७ बैशाख २०८१, शुक्रबार
घरदैलो अभियानमा एमालेका उम्मेदवारहरु
  • काँचुली खबर

कात्तिक २२, कोहलपुर । नेकपा एमाले बाँके क्षेत्र न.। १ ले घरदैलो अभियानलाई तिब्रता दिएको जनाएको छ । मंगलबार नेकपा एमाले क्षेत्र नं. १ प्रदेश (क) का उम्मेदवार दुर्गा प्रसाद चौधरीले कोहलपुर नगरपालिका वडा नं. ५ का बिभिन्न टोलहरुमा घरदैलो गरेका हुन । घरदैलो कार्यक्रममा प्रदेश सभाका उम्मेदवार चौधरीले आफुहरु समग्र विकास निर्माणका लागि पहल कदमी गर्ने र बिपन्न बर्गको जिबन स्तर सुधार्ने योजना नेकपा एमाले र प्रतिनिधी सभा सदस्यका उम्मेदवार सुर्य ढकालसँग भएको हुदा बिकास, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा सबैको समान अधिकार हुने खालका योजना रहेको समेत प्रतिबद्धता गरेका थिए ।

यस्तै उनले देश बिकास र देशको मुहार फेर्ने योजना र कार्यदिशा नेकपा एमालेसंग भएको हुँदा केहि सरकारी पदमा बसेका ब्यक्तिको आश्वासनमा नपर्न समेत आग्रह गरेका थिए । घरदैलो कार्यक्रममा स्थानीयहरुले आफ्ना समस्याहरुको समाधान र बिकल्प एमालेसँग रहेको समेत अभिब्यक्ति दिएका थिए ।

उनीहरुले बिकास जनताको घरसम्म पुग्नु पर्ने नकी नेताका घरसम्म चिल्ला बाटोले जनताको मन जित्न नसकिने भन्दै आक्रोश समेत ब्यक्त गरेका थिए ।

  • २२ कार्तिक २०७९, मंगलवार १९:५८ प्रकाशित
  • Nabintech