बाँकेको पहुँच सिंहदरबारसम्म स्थापित गरेको छु : मन्त्री अथक
  • काँचुली खबर

कात्तिक २२, नरैनापुर (बाँके) । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको बताएका छ्न । मंगलबार राप्तीसोनारी गाउँपालिका वडा नं. ६ स्थिति चुनावी सभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सिधा सिहंदरबारसँग जोडेको बताएका हुन ।

‘मलाई पहिलो पटक चुनाव जिताएर यहाँहरुले मन्त्री बन्ने अवसर जुटाइदिनु भएको छ’, मन्त्री अथकले भने, ‘मैले यस क्षेत्रको प्रतिनिधित्व गर्दै बाँकेलाई सिंहदरबारसम्म जोड्न सफल भएको छु ।’

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आफ्नो ५ वर्षे कार्यकालमा पटक पटक सँसदमा बाँकेका समस्याहरु उठाएको स्मरण गर्दै बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका मन्त्री अथकले भने, ‘बाँकेको पहुँच सिधै सिहदरबारसम्म स्थापित भईसकेको छ । यहाँको बिकासका निम्ति म सधैं प्रतिबद्ध छु, फेरि पनि निर्वाचित गराएर उक्त जिम्मेवारी दिनुहुनेछ भन्ने आशा लिएको छु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी (नमुना)ले राप्तीपारीको विकासका र परिवर्तनकालागी आफुले विभिन्न पहलकदमी चालेको बताउदै राप्तीसोनारी र नरैनापुरको समग्र विकास र परिवर्तनका लागि आफु कटिबद्ध भएर लागेको बताइन ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा समानुपातिक उम्मेदवार संगिता थारुले वाम-लोकतान्त्रिक गठनबन्धनका उम्मेदवारहरुलाइ विजयी गराएमा मधेसी मुस्लिम दलित र महिलाका अधिकार सुरक्षित हुने बताइन ।

राप्तीसोनारी वडा नं. ६ निर्वाचन परिचालन सिमितीका संयोजक गोविन्द दहितको सभापतित्वमा भएको कार्यक्रममा बाँके निर्वाचन क्षेत्र नं. १ नेपाली काँग्रेस सभापति पोषण केसी, बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकताहरु र स्थानीयवासीको सहभागीता रहेको थिए ।

  • २२ कार्तिक २०७९, मंगलवार १९:३१ प्रकाशित
  • Nabintech