कात्तिक २०, कोहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापती रबि लामिछानेले बिदेशी भुमिमा रहेका नेपालीलाई स्वदेशमै फर्काउने बताएका छन । चुनावी अभियानका क्रममा शनिबार बाँकेको कोहलपुरमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले बिदेशमा अलपत्र परेका नेपालीलाई आफु एक्लैले उद्धार गरेको दाबि गरे ।
बिदेशि भुमिमा दु:ख पाएकालाई उद्धार गरेको बारे पटक पटक बोलेका रबिले अब आफुले नेपाल फर्काउने अभियानमा लाग्ने बताए । यद्यपी स्वदेशमै रहेका बेरोजगार युवालाई कसरी ब्यबस्थापन गर्ने भन्ने बारेमा भने खासै चर्चा गरेनन् । आफुले १२ वर्षसम्म परिवर्तनका निम्ति कुनै न कुनै आफु जस्तै युवाले स्वतन्त्र अभियान चलाउछ कि भनेर पर्खदा समेत कोहि पनि यस्तो कार्यमा नलागेकाले आफैले नेतृत्व सम्हालेको उनले दाबि गरे ।
भ्रष्टाचार र भ्रष्टाचारीबारे आफुले संसदमा टेबुल ठोक्ने ग्यारेन्टि गर्दै उपस्थितमाझ मन परीवर्तन गरी यस पटक घण्टिमा मतदान गर्न आग्रह गरे । देश निर्माणका निम्ति खासै ठोस योजना दिन नसकेका लामिछानेले उपस्थित दर्शकमाझ इमोशनल मन्तब्य दिंदै आफुतिर तान्ने प्रयास गरेका थिए । यद्यपी उनले आफ्नो मन्तब्यमा पार्टिको खास निति कार्यक्रम र कार्ययोजना भने पेश गर्न सकेनन् ।
निर्धारित समय भन्दा करीब अढाई घण्टा पछि शुरु भएको कार्यक्रममा लामिछानेले बिदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने कुरा बारम्बार दोहो¥याएका थिए ।
२० कार्तिक २०७९, आईतवार २२:५७ प्रकाशित