कोहलपुरका स्थानिय भन्छन, ‘अनुभवी र परिपक्क उम्मेदवारलाई हाम्रो मत’
  • काँचुली खबर

कात्तिक १८, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं. १२ र १३ का स्थानियले पाँच दलिय बाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई उत्याधिक मतले बिजयी गराउने प्रतिबद्धता जनाएका छन् । गठबन्धका तर्फबाट प्रतिनिधी सभा उम्मेदवार महेश्वर गहतराज (अथक) र प्रदेश सभा उम्मेदवार फुलाराम थारुसँगको अन्तरक्रियामा स्थानियले यस पटक प्रतिनिधी सभा पुर्ण कार्यकालसम्म कामय राख्न गठबन्धन गरेका नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनका साझा उम्मेदवारहरुलाई बिजयी गराउने प्रतिबद्धता जनाइएका हुन । उनिहरुले सिंहदरवार चिनेको र अनुभव भएको नेतालाई पुन: बिजयी गराउने समेत बताए ।

उनीहरुले प्रतिनिधी सभाका निवर्तमान सांसद एवं युवा तथा खेलकुद मन्त्रीले यस क्षेत्रमा बिकासको जगहरु तयार पारेको र केही गर्न बाँकी रहेकाले पुन: एक पटक बिजयी गराउने प्रतिबद्धता जनाएका हुन । यस्तै प्रदेश सभाका उम्मेदवार फुलाराम थारु युवा एवं जुझारु रहेकाले उनलाई पनि अत्याधिक मतका साथ बिजयी गराउने स्थानियको भनाई छ ।

कोहलपुर १२ र १३ का स्थानियले कोहलपुर देखी सल्यानकाे घुईयावारी जोडने सडक निर्माणकालागी महत्वपुर्ण भुमिका खेलेको, राष्ट्रिय निकुञ्जबाट हुने क्षति कम गर्नका लागी प्रभावकारी भुमिका खेलेको साथै कोहलपुर १२ र १३ का बिभिन्न बिद्यायलमा भवन, पुल पुलेसा निर्माणका लागी पहलकदमी लिएको भन्दै धन्यवाद दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधी सभाका उम्मेदवार महेश्वर जंग गहतराज (अथक)ले आगामी ५ वर्षमा कोहलपुर क्षेत्रले बिकासमा फड्को मार्ने र त्यसको पहलकदमी आफुले लिने प्रतिबद्धता जनाएका थिए ।

उनले कोहलपुर १२ को ज्ञानकुञ्ज उच्च माबिलाई प्रबिधीक धारमा लैजान सफल भएको भन्दै यसले शिक्ष क्षेत्रमा नयाँ आयाम थपेको बताए । उनले कोहलपुर १२ मा एक व्यवस्थीत अटो भिलेज निर्माण, कोहलपुर १३ मा पर्यटन प्रवर्द्घनकालागी होमस्टे निर्माण गरि रोजगार सृजना गर्नुपर्ने धारणा राखे । उनले बाँके राष्ट्रिय निकुञ्जबाट हुने मानबिय क्षति कम गदै यसलाई आम जनताको आय आर्जनसँग जोडनु पर्ने बताए ।

उनले कोहलपुर १२ देखि घुईयाबारी र कोहलपुर १२ देखि कोहलपुर १०, कोहलपुर ८ हुदै नेपालगंजसम्म जोड्ने सडक निर्माणका लागी आफुले पहल लिएको भन्दै यसले बिकास साथै स्थानियको आय आर्जनमा पनि योगदान गर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभाका उम्मेदवार फुलाराम थारुले राष्ट्रिय आवश्यकता र कोहलपुरको आवश्यकता पनि गठबन्धनका उम्मेदवार भएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरे । उनले जनतासँग गरिएका प्रतिबद्धता एक एक गरेर पुरा गरिने भन्दै स्थानिय, प्रदेश र संघ समेत गठबन्धन आवद्ध दलहरुको सरकार भएमा बिकासका लागी थप सहजता हुने धारणा राखे ।

कार्यक्रममा गठबन्धनका बाँके क्षेत्र नं. १ को निर्वाचन परिचालन समिती संयोजक नरेन्द्र न्यौपाने, सह संयोजक पोषण केसी, माओवादी केन्द्रकी स्थाई समिती सदस्य पुर्णा कुमारी सुबेदी, बाँके १ प्रदेश (ख) का निर्वाचन परिचालन समिती संयोजक बलराम शर्मा, सह संयोजक दामोदर अधिकारी लगायतको लगायतको सहभागीता रहेको थियो ।

गठबन्धनका उम्मेदवारहरुले शुक्रवार नै कोहलपुर नगरपालिका वडा नं. ११, ५ , ६, १२ र १३ मा घरदैलो समेत गरेका छन ।

  • १८ कार्तिक २०७९, शुक्रबार १९:४६ प्रकाशित
  • Nabintech