कार्तिक १७, नरैनापुर। नरैनापुर गाउँपालिका भित्रका सबै वडाहरुमा वाम-लोकतान्त्रिक गठबन्धनले संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालनमा ल्याएको
छ । गठबन्धनको निर्वाचन क्षेत्र नम्बर १ (क) अन्तर्गत नरैनापुरमा बिहीबारबाट वडा स्तरीय संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालन आएको हो ।
कार्यालयको गठबन्धनबाट क्षेत्र नम्बर १ (क) की उम्मेदवार कृष्ण केसी (नमुना)ले उद्घाटन गरेकी थिइन् । सो अवसरमा बोल्दै उम्मेदवार नमुनाले गठबन्धनमा रहेका उम्मेदवारलाई विजयी गराउनकालागि लागिपर्न गठबन्धनमा आवद्ध रहेका दलका नेता कार्यकर्तालाई आग्रह गरेकी थिइन् । अघिल्लो कार्यकालमा समेत आफुले राप्ती सोनारी र नरैनापुरको विद्युतीकरण, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नरैनापुरको वडा नं. १ को कट्कुइया वडा नं. २ लक्ष्मणपुर
वडा नं. ३ कलाफाटा, वडा नं. ४ नरैनापुर, वडा नं. ५ मटहिया
र वडा नं. ६ गंगापुरमा निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस राप्तीसोनारीका सभापति भिम राना, माओवादी केन्द्र राप्तीसोनारीका अध्यक्ष चिम बहादुर घर्ती, नेपाली काँग्रेस नरैनापुरका सभापति मेराज अहमद खाँ, माओवादी केन्द्र नरैनापुरका अध्यक्ष साविर अलि मुकेरी, महिला नेतृ संगिता चौधरी नेपाली काँग्रेस प्रदेश प्रतिनिधि पवन सास लगायतका गठबन्धनमा आवद्ध रहेका दलहरुका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
१७ कार्तिक २०७९, बिहीबार १९:५६ प्रकाशित