कात्तिक १६, काेहलपुर । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन परिचालन समिति गठन गरिएको छ । गठबन्धनमा आवद्ध दलहरुको भेलाले नरेन्द्र न्यौपानेको संयोजकत्वमा ४ हजार १ सय सदस्यीय मुल समिति गठन गरिएको हो । बुधबार भएको भेलाले समितिको सह-संयोजकमा पोषणराज केसी, मञ्जु कोइराला, जोगप्रसाद भण्डारीलाई तोकेको छ । यस्तै निर्वाचन परिचालनका लागि २१ सदस्यीय सचिवालय समिति समेत गठन गरिएको छ ।
भेलाबाट ३ वटा उपसमितिसमेत गठन गरीएकाे छ । बैठकले व्यवस्थापन, युवा परिचालन र प्रचारप्रसार उप-समिति गठन गरेको सचिवालयका सह-सचिव चन्द्र प्रकाश शर्माले जानकारी दिए । बैठकले जयश्वर पौडेल (सुमन)को संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ । समितिको सदस्यमा प्रदिप वाग्ले, चेतकान्त भट्टराई, राजेश आचार्य, निर्मल आचार्य, लोकनाथ शर्मा र हेमन्त चौधरी रहेका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
व्यवस्थापन उप-समितिको संयोजकमा रेणुका खड्का तथा सदस्यहरुमा गोविन्द खत्री र रत्ना गिरी रहेका छन् । यसैगरी युवा परिचालनका समितीको संयोजकमा दिग्विजयजंग राणा र सदस्यमा खेम क्षेत्रीलगायत रहेका छन ।
बैठकले गठबन्धन आवद्ध दलहरु एकताबद्ध भएर उम्मेदवारलाई विजयी गराउन चुनावमा होमिने निर्णय भएको मुल समिति संयोेजक नरेन्द्र न्यौपानेले जानकारी दिए । प्रतिगमन विरोधी मोर्चामा हिजोदेखि सहकार्य गरेका दलहरुको चुनावी मोर्चा बनेकाले बिना संकोच चुनावमा होमिन र उम्मेदवारलाई अध्याधिक मतले विजयी गराउन समेत न्याैपानेले अपिल गरेका छन ।
भेलाले निर्वाचन परिचालनकालागि अन्य विविध निर्णय गरेको छ । भेलापछि प्रतिक्रिया दिदैं मुल समितिका सह–संयोजक पोषणराज केसीले क्षेत्र नम्बर १ मा गठबन्धनको चुनावी गतिविधि तीव्र रुपमा अघि बढाउने बताए ।
भेलामा क्षेत्र नं. १ का उम्मेदवार महेश्वर गहतराज (अथक), प्रदेश सभा (क) उम्मेदवार कृष्णा केसी (नमुना), प्रदेश सभा (ख) उम्मेदवार फुलाराम थारू, नेपाली काँग्रेसका क्षेत्रिय सभापति पोषण केसी, नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश ईन्चार्ज अशोक कोइराला, नेकपा (माओवादी केन्द्र) का नेता अशोक रोकाय, बलराम भट्टराई, तुल्सीराम सापकोटा, अब्दुल हुसेन खाँ, पवित्रा रोकाय, दामोदर अधिकारी लगायत नेताहरूकाे सहभागिता रहेको थियो ।
१६ कार्तिक २०७९, बुधबार १६:११ प्रकाशित