८ बैशाख २०८१, शनिबार
कचनापुरमा गठबन्धनको निर्वाचन परिचालन कार्यालय उद्घाटन
  • काँचुली खबर

कात्तिक १२, कोहलपुर । वाम-लोकतान्त्रिक गठबन्धनले राप्ती सोनारी गाउँपालिका-२ मा संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालनमा ल्याएको छ । गठबन्धनको निर्वाचन क्षेत्र नम्बर १ (क) अन्तर्गत कचनापुरमा शनिबारबाट वडा स्तरीय संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालन आएको हो ।

कार्यालयको गठबन्धनबाट क्षेत्र नम्बर १ (क) की उम्मेदवार कृष्ण केसी (नमुना)ले उद्घाटन गरेकी हुन । सो अवसरमा बोल्दै उम्मेदवार नमुनाले गठबन्धनमा रहेका उम्मेदवारलाई विजयी गराउनको लागि लागिपर्न गठबन्धनमा आवद्ध रहेका दलका नेता कार्यकर्तालाई आग्रह गरेकी थिइन् ।

अघिल्लो कार्यकालमा समेत आफुले राप्ती सोनारी र नरैनापुरको विद्युतीकरण, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको उनले बताइन् ।

उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, महिला नेतृ संगिता चौधरी लगायतका गठबन्धनमा आवद्ध रहेका दलहरुका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उनीहरुले बाम लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

  • १२ कार्तिक २०७९, शनिबार २१:२० प्रकाशित
  • Nabintech