प्रेस संयोजक नियुक्तीको विषयले विवादित बन्दै कोहलपुर नगरपालिका
  • काँचुली खबर

कात्तिक १२, कोहलपुर । पछिल्लो समय कोहलपुर नगरपालिले गरेको निर्णय विवादित हुन पुगेको छ । कोहलपुरका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले प्रेस संयोजक चयन गरेको विषय विवादित बन्दै गएको हो ।

स्थानिय संचारकर्मीहरुलाई उपेक्षा गर्दै नेपालगञ्जमा पत्रकारिता गर्दै आएका एक पत्रकारलाई नगरपालिकाको प्रेस संयोजक चयन गरेपछि नगर प्रमुख आचार्यको आलोचना हुन थालेको छ । बिगत लामो समयदेखी कोहलपुरलाई आधार बनाएर पत्रकारीता गर्दै आएका संचारकर्मीहरुले खुलेरै नगरपालिकाको निर्णय प्रति असन्तुष्टि जनाईरहेका छन । जसमध्ये कोहलपुरका पुराना पत्रकार श्रीधर सुवेदीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमै असहमति जनाएका छन । सामाजिक सञ्जाल टिकटकमार्फत भिडियो जारी गर्दै सुवेदीले भनेका छन, ‘कोहलपुरको विकासमा महत्वपूर्ण योगदान गरिरहेका स्थानिय सञ्चारकर्मी, पत्रकारलाई उपेक्षा गर्दै नेपालगञ्जको एक सञ्चार गृहमा कार्यरत र मतदाता नामावली दाङ्ग रहेका पत्रकारलाई प्रेस संयोजक चयन गर्ने निर्णय गलत छ ।’

सुवेदीले सार्वजनिक रुपमै नगरपालिकाको निर्णयप्रति आपत्ति जनाएसँगै कोहलपुरका संचारकर्मीहरुमाझ उक्त निर्णय चर्चाको विषय बन्न पुगेको छ ।

यसैबिच हालै कोहलपुर नगरपालिकाको प्रेस संयोजकमा नियुक्त भएका पत्रकार प्रियास्मृति ढकालले आफ्नो नियुक्तीको बचाउ गरेका छन । शनिबार सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले आफु कोहलपुरकै स्थायी बासीन्दा भएको समेत दावी गरेका छन ।

  • १२ कार्तिक २०७९, शनिबार २१:१० प्रकाशित
  • Nabintech