कात्तिक ५, कोहलपुर । बाँके क्षेत्र नं. १ (क) मा बाम-लोकतान्त्रीक गठबन्धनको प्रदेशसभा निर्वाचन परिचालन समिति गठन गरीएको छ । शनिबार राप्तिसोनारी २ अगैयामा बसेको बाम-लोकतान्त्रीक गठबन्धनको संयुक्त बैठकले पट्टु थारूको संयोजकत्वमा १५ सय ५१ सदस्यीय बाँके क्षेत्र नं. १ (क) प्रदेश निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सह-संयोजकको जिम्मेवारी नेपाली काँग्रेसका नेता अमर बहादुर बुढाथोकीलाई दिईएको छ ।
बैठकले पट्टु थारुकै संयोजकत्वमा १३ सदस्यीय सचिवालय समेत गठन गरेको छ । सचिवालयले क्षेत्र नं. १ (क) अन्तर्गतका १३ वटै वडामा चुनावी गतिविधि संचालन गर्ने बताईएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेकपा माओवादी केन्द्र, प्रदेश क्षेत्र नं. १ (क) का संयोजक पट्टु थारुको अध्यक्षतामा बसेको बैठकमा बाँके क्षेत्र नं. १, प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज (अथक), प्रदेश सभा (क) का उम्मेदवार कृष्णा केसी (नमुना), नेकपा माओवादी केन्द्र बाँकेका इन्चार्ज पुर्णा कुमारी सुवेदी, नेपाली काँग्रेसका नेता हुर्मत न्यौपाने, नेपाली काँग्रेस प्रदेश (क) का कार्यबहाक सभापती अम्बर बहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्र, क्षेत्र नं. १ संयोजक रेणुका खड्का लगाएत बाम-लोकतान्त्रीक गठबन्धनका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
५ कार्तिक २०७९, शनिबार २१:१५ प्रकाशित