कार्तिक १, कोहलपुर । नरैनापुर तथा राप्तीसोनारी क्षेत्रका स्थानीयहरुले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनाएका छन् । मंगलबार बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार महेश्वर गहतराज (अथक) र प्रदेश सभा (क) उम्मेदवार कृष्णा के. सी. (नमुना) संगको छलफलका क्रममा गठबन्धनका स्थानीय अगुवा नेता तथा कार्यकर्ताहरुले गठबन्धनको पक्षमा मतदान गर्ने बताएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्र नं. १, प्रतिनिधी सभा सदस्य पदका साझा उम्मेदवार महेश्वर गहतराज (अथक) ले बर्षौ देखी नरैनापुर तथा राप्तीसोनारीवासीले झेल्दै आएको डुवान समस्या समाधानका लागी दिर्घकालीन योजना बनाई अघी बढिने बताए । युवा तथा खेलकुद मन्त्री समेत रहेका अथकले मन्त्री परिषदको बैठकमा आफुले त्यस क्षेत्रकोे डुवान तथा यस वर्ष नरैनापुरमा देखीएको खडेरी समस्याका बारेमा छलफल चलाएको बताउँदै छिटै समस्या समाधानका लागी केन्द्र सरकारले प्रभावकारी योजना लागु गर्ने बताए ।
आफ्नो पाँच वर्षिय कार्यकालमा बिद्युतीकरण र सडक सञ्जालसँग जोडी क्षेत्र नं. १ लाई विकासको मुल प्रवाहमा ल्याउन सफल भएको बताउँदै अथकले जनताका आधारभुत आवश्यकतालाई सुनिश्चित गराउन पनि बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।
त्यस्तै प्रदेश सभा (क) का उम्मेदवार कृष्णा के.सी. (नमुना) ले विकासका अधुरा योजना सम्पन्न गर्नकालागी पनि बाम लोकतान्त्रीक गठबन्धनको आवश्यकता अपरिहार्य रहेको बताईन् । यस क्षेत्रमा गठबन्धनका तर्फबाट अनुभवी पुरानै उम्मेदवार दोहोरीएकाले विकासका बाँकी कार्यभार पुरा गर्ने दायीत्व समेतलआफुहरुको रहेको बताईन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पुर्वाधारसँगै विद्युतीकरणका लागी विगतमा भएका प्रयासका कारण पिछडीएको क्षेत्रको रुपमा रहेको नरैनापुर र राप्तीसोनारीलाई सुगम क्षेत्रमा रुपान्तरण गर्न सफल भएको भन्दै पुनः एक पटक बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन अपिल गरिन् ।
छलफलमा बाम लोकतान्त्रीक गठबन्धनका अगुवा नेता, कार्यकर्ता तथा स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।
१ कार्तिक २०७९, मंगलवार १९:१२ प्रकाशित