असाेज ३१, बाँके । नेकपा एकीकृत समाजबादी (एस) का पोलिटब्युरो सदस्य दलबहादुर सुनार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) बाँके जिल्ला इन्चार्ज पूर्णाकुमारी सुवेदी र जिल्ला संयोजक डम्बर विक तुफानले साेमबार उनलाई पार्टी प्रवेश गराएका हुन् ।
बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार आकांक्षी सुनारले सत्ता गठबन्धनको सिट बाँडफाँडमा उक्त क्षेत्र कांग्रेसलाई परेपछि प्रदेशमै पनि चुनाव लड्ने जानकारी नेतृत्वलाई गराएका थिए । तर, उक्त क्षेत्र माओवादीको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
२०७० मा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सुनार सिंचाई राज्यमन्त्री समेत भएका थिए । क्षेत्र नम्बर ३ को दलित समुदायमा सुनारको प्रभाव रहेको बताइन्छ ।
३१ आश्विन २०७९, सोमबार १९:५९ प्रकाशित