असोज १७, बाँके । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले दसैँ, मोहम्मद डे, तिहार, नेपाल सम्वत् र छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन ।
नरैनापुरको विभिन्न वडामा राखिएको दुर्गा भवानीका मूर्तिहरुको आईतबार राती अवलोकन गर्ने क्रममा वडा नं. ३ मा आयोजित विशाल पूजाअर्चना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नरैनापुरबासी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका हुन ।
अध्यक्ष शाहले, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर पालिका नरैनापुरमा विभिन्न पर्वका आ-आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्, यी पहिचानहरुलाई स्थापीत गराई राख्न समुदायमा धार्मिक सह अस्तित्व, सदभाव र भाईचाराको सम्बन्ध कायम राख्दै संस्कृतिको संरक्षणका लागी नयाँ पुस्ताले विशेष भुमिका खेल्नु पर्ने बताए ।
अध्यक्ष शाहसंगै नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा लगायतको टोली वडाको बिभिन्न टोलमा स्थापना गरिएको मूर्तिको अवलोकन गरेका थिए । मूर्तिको अवलोकन गर्न पुगेका नरैनापुर गाँउपालिका अध्यक्ष शाहलाई स्थानीयहरुले भव्य स्वागत गर्दै सम्मान समेत गरेका थिए ।
१७ आश्विन २०७९, सोमबार १३:०६ प्रकाशित