असोज १७, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाइ मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना घाइते भएका छन् ।
काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना७ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व-पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक आफै नालीमा खसेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दुर्घटनामा बसमा सवार झापाको दमक-५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी-८ काअन्दाजी ५१ वर्षीय कल्पना राजबंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेमध्ये ३० जना हेटौंडा अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
थप उपचारका लागि तीन जनालाई भरतपुर, २ जनालाई काठमाडौं पठाइएको छ भने उक जनाको हेटौंडामैं उपचार भैरहेको प्रहरीले जनाएको छ ।
१७ आश्विन २०७९, सोमबार ०९:०१ प्रकाशित