१५ बैशाख २०८१, शनिबार
मध्यराती कोहलपुरमा बन्दुक देखाएर लुटपाट
  • काँचुली खबर

असोज ६, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्र बन्दुक देखाएर लुटपाट भएको छ । गएराती करिब १२ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ स्थित विरेन्द्रजंङ्ग शाहीको घरमा अज्ञात समुहले लुटपाट गरेको शाहीले बताएक छन ।

मध्यराती १०/११ जनाको समुहले बन्दुक देखाएर घरमा रहेको १० तोला सुन सहित साढे २ लाख बढि लुटपाट गरेको शाहीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार लुटपाट गरीसकेपछि अज्ञात समुह घर बाहिरबाट चुक्कुल लगाएर फरार भएको थियो । बिहान मोर्निङ्ग वाक गर्ने व्यक्तिले घरभित्रबाट चिच्याएको आवाज सुनेपछि ढोका खोलिदिएको बताईएको छ । यद्यपी घटनाको पुरा विवरण आउन बाँकी छ ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्ल नेतृत्वको प्रहरी टोली पुगेर अनुसन्धान गरीरहेको छ ।

  • ६ आश्विन २०७९, बिहीबार ०९:२७ प्रकाशित
  • Nabintech