कोहलपुरमा अर्गानिक खाद्य पसल संचालन गरीने
  • पुष्पराज हमाल

असोज १, कोहलपुर । बाँकेको कोहलपुमा रहेको हाम्रो कृषि सहकारि संस्थाले अर्गानिक खाद्य पसल सन्चालन गर्ने भएको छ । कोहलपुर गोलपार्क स्थित संस्थाको कार्यालय परिसरमै संचालन गरीने खाद्य पसलमा हुम्ला, जुम्ला, मुगु, डोल्पा लगायता जिल्लाबाट चिनो, कागुनो, अचार खाने भाङ्गो, टिम्मुर, घ्यु, घट्टमा पिसेको मकैको पिठो, कोदाको पिठो, बिभिन्न रैथाने जातका चामलहरु मार्सि, जरन फापर, कालो चुक, बेसार आदि पाइने संस्थाले जनाएको छ ।

घटस्थापनाका दिन शुभारम्भ हुने पसलमा संस्थाले करिब ५० लाख लागतमा खाद्य सामान राख्न लागेको हो । पछिल्लो समय बिसादियुक्त तथा हाइब्रेड खाद्यान्नले नागरिकहरुको स्वास्थ्यमा गम्भिर असर गरेको अबस्थालाई मध्य नजर राखि स्वास्थ्यवद्र्धक खाद्यान्न राख्न लागिएको सहकारिका अध्यक्ष कर्ण बहादुर बस्नेतले बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

खाद्यान्न सङ्गै घुम्ति तरकारी संकलन केन्द्र निर्माण गरि किसानको तरकारि घरैबाट खरिद गरि बजारिकरण गर्ने लक्ष्य समेत रहको बस्नेतले जानकारी दिए ।

कृषि सहकारि भुमि ब्यबस्था मन्त्रालयको मा संस्थाले कोहलपुर ११ विद्युत रोडदेखि पश्चिम तर्फ तरकारि हाट बजार समेत संचालन गर्ने तयारी गरीरहेको छ ।

  • १ आश्विन २०७९, शनिबार २१:११ प्रकाशित
  • Nabintech