१६ चैत्र २०८०, शुक्रबार
खेल पुर्वाधार संरक्षणमा स्थानिय तहले भुमिका खेल्नुपर्छ : मन्त्री अथक
  • काँचुली खबर

असोज १ बर्दिया । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल पुर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानिय सरकारको रहेको बताएका छन । शनिबार बर्दियाको बाँसगढी नगरपालिकास्थित वडा नं. ४ मा रहेको कवर्ड हलको निरिक्षण गर्दै मन्त्री अथकले केन्द्र तथा प्रदेश सरकारको लगानीमा निर्माण भएका खेल संरचनाको संरक्षणमा स्थानिय तहले भुमिका खेल्नुपर्ने बताएका हुन ।

स्थानिय तहको सहभागीता बिना कुनै पनि योजनाले पुर्णता पाउन नसक्ने बताउँदै मन्त्री अथकले पालिका तथा वडास्तरबाट खेल पुर्वाधार निर्माणकालागि बजेटको केही अंश छुट्टाउन समेत आग्रह गरेका छन । निर्माणाधिन अवस्थामा रहेका तथा निर्माण सम्पन्न भईसकेका खेल संरचनालाई बाचाई राख्न स्थानियस्तरमा खेल गतिविधिलाई समेत निरन्तरता दिनुपर्ने उनको भनाई थियो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ४ मगरपुरमा कबर्ड हल निर्माण गरीएको थियो । केन्द्र सरकारको २ करोड १० लाख लागतमा निर्माण भएको उक्त संरचनामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कबड्डी खेल संचालन भएपनि त्यसयता उक्त कबर्ड हल प्रयोग बिहिन हुँदै आएको गुनासो बढेपछि मन्त्री अथकले शनिबार स्थलगत निरिक्षण गरेका हुन ।

अनुगमनका क्रममा स्थानियहरुले कबर्ड हलको चारैतर्फ पर्खाल तथा चेन्जिङ रुम सहित खेलाडीहरुकालागि आवास गृह निर्माणकालागि पहल गरीदिन मन्त्रीलाई आग्रह गरेका थिए । खेल संरचना खडा भएपनि त्यसले पूर्णता नपाउँदा खेल गतिविधिहरु संचालन गर्न नसकिएको भन्दै उनिहरुले आवश्यक बजेट बिनियिोजन गरीदिन आग्रह गरेका हुन ।

यसैबिच शनिबार नै मन्त्री अथकले बाँसगढी नगरपालिका वडा नं. ८ को हिारपुरमा रहेको नगरस्तरीय खेल मैदानको समेत अनुगमन गरेका थिए । १२ बिगाह क्षेत्रफलमा फैलीएको उक्त मैदानलाई जिल्लाकै महत्वपूर्ण खेल मैदानका रुपमा बिकास गर्न सकिने बताउँदै मन्त्री अथकले त्यसकालागि आवश्यक बजेट ब्यवस्थापन गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन ।

  • १ आश्विन २०७९, शनिबार २०:२३ प्रकाशित
  • Nabintech