भाद्र ३१, बाँके । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज (अथक) को पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालय सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोटमा परेका हुन ।
छनौट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ भने ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरीने छ । चारकोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आ.वि. चन्नहवा, जनज्योती आ.वि. झण्डहवा र राम मा.वि. हवल्दारपुर छनौट भएका छन भने बैजनाथको सुर्योदय मा.वि.मा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ । त्यसैगरी राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. गुलरी, जनशक्ती मा.वि बालापुर, भुवर भवानी मा.वि. बिनौना तथा नेपाल राष्ट्रिय मा.वि. कोदरवटवा छनौट भएका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

त्यसैगरी दुई कोठे पक्कि भवनकालागि कोहलपुरको नेपाल राष्ट्रिय आ.वि. लखनवार, बैजनाथको वागेश्वरी मा.वि., राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. अगैया, बालशान्ती आ.वि. भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आ.वि. शंकरनगरकोटीया छनौटमा परेका छन । छनौट परेका विद्यालयहरुले चार कोठा पक्की भवनकालागि प्रति विद्यालय ४५ लाख र दुई कोठे भवन निर्माणकालागि २२ लाख ५० हजार दरले बजेट प्राप्त गर्ने छन ।

कार्यक्रम अन्तर्गत कृष्ण मा.वि. कोहलपुर, जन ज्ञानज्योती मा.वि. कोहलपुर, जनजागरण आ.वि. बैजनाथ, जनसहयोगी आ.वि. बैजनाथ, गणेश आ.वि. ढकेरी, शिवशक्ती मा.वि. पेरानी, जनशक्ती मा.वि. बैजापुर र नेपाल राष्ट्रिय आ.वि. नरैनापुर सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाकालागी छनौट भएका छन । छनौट भएका विद्यालयहरुमा ICT (सूचना तथा प्राविधि प्रयोगशाला) निर्माणकालागि प्रति विद्यालय ६ लाख ५० हजारका दरले बजेट बिनियोजन गरीएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्री अथककै पहलमा यसअघि बाँकेमा १०० भन्दा बढि पक्की कक्षा कोठा निर्माण भईसकेका छन । विद्यालयबाट टिनको छाना बिस्थापित गर्ने अभियान अन्तर्गत मन्त्री अथकको पहलमा चालु आर्थिक वर्षमा थप १५ वटा विद्यालयमा ५० वटा पक्की कक्षा कोठा निर्माणकालागि बजेट विनियोजन भएको हो ।
३१ भाद्र २०७९, शुक्रबार १५:४८ प्रकाशित