भाद्र २९, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्ने बताएका छन ।
एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्ने बताएका हुन । उनले भने, ‘अबको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्छ, त्यो आन्दोलनको रुपमा तयारी हुँदै गएको छ ।, तर दुर्भाग्य त्यो सफलता, त्यो उत्साह, त्यो आत्मविश्वास देखेर दक्षिणपन्थी विसर्जनवादीहरु, व्यक्तिवादी त्रसित हुँदै गएका छन् ।’
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले पार्टीको केन्द्रीय कमिटीको बैठकमा पार्टी साँच्चै एकतावद्ध भएर जाने संकल्प गर्दै पार्टीले क्रान्तिकारी चरित्र लिएर अघि बढ्ने बताए । उनले भने, ‘समाजवादी आन्दोलनको नेतृत्व प्रचण्डकै हुने भएपछि दक्षिणपंथीहरु अतालिएका छन् ।’ माओवादी केन्द्रको नेतृत्व स्थापित हुने भयो भनेपछि ठूलो षडयन्त्र सुरु भएको प्रचण्डको भनाई छ ।
‘म त्यो स्मरण गर्न चाहन्छु । म सबैलाई ति कुरातिर ध्याँन दिन आग्रह गर्न चाहन्छु । र पार्टीभित्र विवाद हुनु ठूलो कुरा होइन, त्यो विवादलाई अस्वस्थता, गुटबन्दी, अराजकता र षडयन्त्रको रुप दिइयो । र त्यो षडयन्त्रमा कम्युनिष्ट आन्दोलनभित्रका अवसरवादी, दक्षिणपन्थी मात्रै होइन, त्यसभित्र र बाहिरका प्रतिक्रियावादीहरु पनि सामेल भए । ठूल-ठूला सेटिङहरु भए ।’ उनले भने ।
उनले बहुमतद्वारा लिइएका निर्णयहरु कार्यान्वयन हुन नदिने संवैधानिक अंगहरुसँग सेटिङ भएको देखापरेको बताउनु भयो । प्रचण्डले भने, ‘दुर्भाग्यपूर्ण कुरा थियो । मैले आफ्नै अनुभवबाट भन्नुपर्दा, त्यो तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेको एकता सही मात्र थिएन, त्यो एकताले विस्तारै विस्तारै सकारात्मक रुप लिँदै थियो । एकता सुद्धृटहुँदै थियो । त्यो समाजवादी क्रान्तितिरै जाँदै थियो । तर, दक्षिणपंथीहरुको डिजाइनमा विभाजन भयो । त्यो कम्युनिस्ट आन्दोलनको ठूलो क्षति थियो ।’
‘आज यो मञ्चबाट मन नेकपा एमालेका ति हिजोका केन्द्रीय समितिका अत्यन्तै ठूलो संख्याका कमरेडहरुलाई स्मरण गर्न चाहन्छु । ति हजारौं कार्यकर्ता म केन्द्रीय समितिको बैठकपछि देशव्यापी प्रशिक्षणमा गएको थिएँ । एमाले पृष्टभूमिका नेता-कार्यकर्ताहरुले मलाई जो प्रेम विश्वास भरोसा गर्नुभएको थियो, म त्यो स्मरण गर्न चाहन्छु । एमाले भन्ने वित्तिकै सबै खतम छन् भनेर नसोच्न त्यहाँभित्र पनि इमान्दार कम्युनिष्टहरु ठूलो संख्यामा छन् ।’ प्रचण्डले भने ।
२९ भाद्र २०७९, बुधबार १२:५५ प्रकाशित