१४ बैशाख २०८१, शुक्रबार
बाँके क्षेत्र नं. १ (ख) मा दामोदर अधिकारी सर्वसम्मत सिफारीस
  • काँचुली खबर

भाद्र २७, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले बाँके क्षेत्र नं. १ (ख) प्रदेश सभाकालागी दामोदर अधिकारीलाई सर्बसम्मत रुपमा एकल उम्मेदवार सिफारीस गरेको छ ।

आज बसेको प्रदेश समन्वय समितीको बैठकले अधिकारीलाई सर्बसम्मत उम्मेदवार सिफारीस गरेको माओवादी केन्द्र कोहलपुर नगर समितीका अध्यक्ष अवराज खड्काले जानकारी दिए ।

अधिकारी जनमुक्ति सेनाका तत्कालीन बटालियन कमाण्डर हुन । पछिल्लो समय अधिकारी बिभिन्न सामाजिक संघ संस्थाहरुमा क्रियासील छन ।

बैठकमा माओवादी केन्द्रका स्थाई समिती सदस्यद्धय पुर्णा कुमारी सुबेदी र महेश्वर गहतराज (अथक)ले नेता कार्यकर्ताहरुलाई एकताबद्ध भएर चुनावी अभियानमा होमिन निर्देशन दिएका थिए ।

यस्तै मंसिर ४ मा हुने निर्वाचन लुम्बिनी प्रदेश सदस्य पदको लागि बाके क्षेत्र नं. १ (क) बाट ५ जनाको नाम सिफारिस भएको छ । सिफारीस हुनेहरुमा प्रदेश समिती सदस्य अम्बर बहादुर खड्का, ध्रुब बिक्रम चन्द, चन्द्र प्रकाश शर्मा, सुर्य प्रकाश घर्ती र लुलुन अहमद मुकेरी रहेका छन ।

  • २७ भाद्र २०७९, सोमबार १६:५३ प्रकाशित
  • Nabintech