गैरआवासीय खेलाडिलाई राष्ट्रिय टिममा समेट्ने आधार तयार हुँदैछ : मन्त्री अथक
  • काँचुली खबर

भाद्र २४, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताएका छन  । शुक्रबारदेखी काठमाण्डौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिपको उद्घाटन गर्दै मन्त्री अथकले गैरआवासीय नेपालीहरुलाई आर्थिक र साँस्कृतीक अधिकार सहितको नागरीकता प्रदान गर्ने तयारी भईरहेकाले आगामी दिनमा नेपाली राष्ट्रिय टिममा एनआरएनका खेलाडीहरु समावेश हुन सक्ने वातावरण बन्दै गएको बताएका हुन ।

बिभिद कारणले विदेशी भुमीका रहेका नेपालीहरुबिच खेलकुदको माध्यमबाट आपसी सद्भाव र भाईचारा कायम गर्न प्रयास भईरहेको तथ्य प्रथम एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिपले पुष्टि गरेको उल्लेख गर्दै मन्त्री अथकले एनआरएनका नयाँ पुस्ताहरुलाई समेत खेलकुदका माध्यमबाट नेपालसँग जोड्ने अभियान सुरु गर्नुपर्ने बताए ।

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनलाई समेत समावेश गर्ने गरी प्रक्रिया अगाडी बढाइएकाले त्यसको सदुपयोग गर्न समेत मन्त्री अथकले आग्रह गरे ।

‘नेपालीकाे लागि नेपालि’ नाराकासाथ पहिलाे पटक नेपालमा प्रतियोगिता आयाेजना गरीएकाे एनआरएन अन्तर्गतकाे स्पाेट्स एकेडेमीका सदस्य सचिव धर्मराज गिरीले जानकारी दिए । सातदोबाटाेस्थित कबर्डहलमा सुरू भएकाे प्रतियाेगितामा सात प्रदेश, तीन बिभागीय टिम सहित एनआरएन टिमकाे समेत सहभागिता रहने गिरीले बताए ।

  • २४ भाद्र २०७९, शुक्रबार १७:५३ प्रकाशित
  • Nabintech