भाद्र १२, कोहलपुर । बाँकेको कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय स्थापना गरीएको छ । आईतबार भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले संयुक्त रूपमा नापी तथा मालपोत शाखा कार्यालय कोहलपुरको उद्घाटन गरेका छन । कार्यालयको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तत्काल सेवा प्रवाह हुने गरी आवश्यक सबै प्रक्रिया पुरा गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी छन ।
तत्काल नयाँ कार्यालय स्थापना नगर्ने सरकारको नितिका बावजुत देशभरका ४ स्थानमा मालपोत तथा नापीको शाखा कार्यालय स्थापना गरीएको बताउँदै कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी मन्त्री श्रेष्ठले सबैभन्दा पहिले कोहलपुर शाखाबाट नै सेवा प्रारम्भ गरीने प्रतिवद्धता समेत जनाईन । आर्थिक ब्यवस्थापन र कर्मचारीको अभावका कारण कार्यालय स्थापनामा केही ढिलाई भएपनि अर्थ मन्त्रालयबाट प्राप्त रायका आधारमा कार्यालय स्थापना भएकाले सेवा प्रवाह हुने कुरामा कुनै शंका नगर्न समेत मन्त्री श्रेष्ठले आग्रह गरेकी छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले देशभरका भुमिहिन तथा सुकुम्वासीलाई सरकारले लालपूर्जा वितरण गर्ने निति लिएको समेत जनानकारी दिईन । सरकारको लक्ष्य अनुसार मन्त्रालयले अबको २ वर्षभित्र सबै भुमिहिनलाई लालपूर्जा बाँड्ने आधार समेत तयार गरीसकेको मन्त्री श्रेष्ठको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथी युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबैको सामुहिक प्रयासबाट कोहलपुरमा नापी र मालपोतको शाखा कार्यालय स्थापना गर्न सफल भएको भन्दै खुसी ब्यक्त गरेका थिए । कार्यालय स्थापनासँगै बाँकेको १ नं. निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बैजनाथ, कोहलपुर र राप्तीसोनारीका स्थानियहरुले सहज र सर्वसुलभ रुपमा सेवा प्राप्त गर्ने बताउँदै मन्त्री अथकले भने “लामो संघर्षपछि कोहलपुरमा मालपोत र नापी कार्यालय ल्याउन सफल भएका छौ, अब यसको सेवा प्रावाहमा ध्यान दिन जरुरी छ ।”
मन्त्री अथकले कोहलपुरमा शाखा कार्यालय ल्याउन ठुलो मिहेनत गर्नुपरेको बताए । कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना गर्नकालागि मन्त्री तथा सँसदकै हैसियतमा समेत आफुले थुप्रै पटक फाईल बोकेर सम्बन्धित मन्त्रालय धाएको उल्लेख गर्दै मन्त्री अथकले विकासको काममा कोही बाधक बन्न नहुने बताए ।

कार्यक्रममा बोल्दै भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले हाल नगरपालिकाले उपलब्ध गराएको पुरानो भवनमा कार्यालय उद्घाटन गरेपनि केही समयभित्रै अत्याधुनिक भवनबाट सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाए । उनले नापी तथा मालपोत कार्यालयको भवन निर्माणकालागी जग्गा उपलब्ध गराउन कोहलपुर नगरपालिकालाई आग्रह समेत गरेका छन ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी, कोहलपुर नगरपालिका र बैजनाथ गाँउपालिकाका जनप्रतिनिधि, स्थानिय राजनितिक दलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।
१२ भाद्र २०७९, आईतवार १८:४५ प्रकाशित