१३ बैशाख २०८१, बिहीबार
गौबधको आरोपमा नेपालगन्जबाट दुई जना पक्राउ
  • काँचुली खबर

साउन १८, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले गौबधको आरोपमा दई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार मध्यान्ह १:१५ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १७ स्थित एक घरमा गाई काटिरहेको अवस्थामा प्रहरीले ५३ वर्षिय ओलीउद्दिन जोलाह र सोही ठाँउका ४६ वर्षिय सलाउद्दिन जोलाहलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले गोप्य सुचनाको आधारमा ओलीउद्दिन जोलाहको घरमा खानतलासी गर्दा अन्दाजी १६० किलोग्राम बराबरको गाईको मासु काटिरहेको अवस्थामा  उनिहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ गरेका दुबैमाथी अनुसन्धान भईरहेको र उक्त गाईको मासु नष्ट गरीएको प्रहरीले जनाएको छ ।

  • १८ श्रावण २०७९, बुधबार १९:५४ प्रकाशित
  • Nabintech