१६ चैत्र २०८०, शुक्रबार
स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक कारबाहीमा पर्छनः राज्यमन्त्री अर्याल
  • काँचुली खबर

काठमाडौं / सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले जनताको स्वास्थ्यमाथि खेलबाड हुनेगरी अस्पतालको सेवा बन्द गर्ने जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिनु भएको हो । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरे सबै अस्पतालको सेवा बन्द गर्ने नेपाल चिकित्सक संघले अडान लिईरहेको छ । राज्यमन्त्री अर्यालले अस्पतालको सेवा बन्द गरेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने काम नगर्न पनि चिकित्सकहरुलाई सचेत गराउनु भयो । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

उहाँले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिने पनि बताउनु भयो । राज्यमन्त्री अर्यालले सरकारले केसीलाई स्वास्थ्य उपचारका लागि काठमाडौं आउन र वार्ताद्धारा स्वास्थ्य क्षेत्रमा देखिएको सबै समस्या समाधान गरेर जान वार्तामा बस्न पटक–पटक आग्रह गरेको पनि स्मरण गराउनुभयो ।

राज्यमन्त्री अर्यालले वरिष्ठ चिकित्सक केसीप्रति संकेत गर्दै कसैले पनि आफ्नो मागलाई अडानको रुपमा राखेर मुलुकलाई अप्ठयारोमा पार्ने काम गर्न नहुने पनि स्पष्ट पार्नृुृभयो ।

  • २७ असार २०७५, बुधबार १६:३९ प्रकाशित
  • Nabintech