८ बैशाख २०८१, शनिबार
साक्षर जिल्ला घोषणा गर्न बाँके जाँदै मन्त्री अथक
  • काँचुली खबर

असार ३२, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) आज गृहजिल्ला जादैछन । बाँकेलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री अथक शनिबार बिहान ८:१५ को बिमान मार्फत जिल्ला जान लागेका हुन ।

शनिबार बाँकेलाई पुर्ण साक्षर जिल्ला घोषणा गरीदैं छ । यसअघि बाँकेका ८ वटै पालिकालाई साक्षर घोषणा भईसकेका छन । आज एक औपचारीक कार्यक्रमका बिच बाँकेलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा दिउँसो २ बजेदेखी कार्यक्रम संचालन हुने छ ।

बाँकेमा कोहलपुर नगरपालिकाले पहिलो पटक ‘साक्षर पालिका घोषणा’ गरेको थियो । १२ वटा मापदण्ड पुरा गरी ‘साक्षर घोषणा’ गरेको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जिल्लामै पहिलो पटक साक्षर पालिका घोषणा गर्न सफल कोहलपुर नगरपालिकालाई नगद रु. ५० लाखले सम्मान समेत गरेका थिए ।

त्यसपछि क्रमश: यस्तै डुडुवा, जानकी, राप्तीसोनारी, खजुरा, नरैनापुर, बैजनाथ र नेपालगञ्ज पूर्ण साक्षर पालिका घोषणा भैसकेका छन् ।

  • ३२ असार २०७९, शनिबार ०७:५२ प्रकाशित
  • Nabintech