१५ चैत्र २०८०, बिहीबार
गन्धर्ब समुदायलाई जस्तापाता वितरण
  • काँचुली खबर

कोहलपुर नगरपालिका-११ मा रहेका गन्दर्भ परिवारलाई नगरपालिकाले मंगलबार ४ लाख ९८ हजार बराबरको जस्ता पाता वितरण गरेको छ ।
१० घरपरिवारका घरहरु केही समय अघि आएको आँधिहुरीले फुसको छानो उडाएपछि पिडामा बसिरहेका उनिहरुलाई नगरपालिकाले जस्तापाता बिरतण गरेको हो ।
जस्तापाता प्राप्त गरेपछि आफुहरु निकै खुसी भएको र कोहलपुर नगरपालिकाका प्रमुखलाई विशेष धन्यवाद समेत ब्यक्त गरेको बिर बहादुर गन्दर्भ र सुरेश गन्दर्भले बताएका छन । त्यस्तै वडा नं. १३ मा रहेका २ परिवारलाई पनि मंगलबार जस्तापाता बितरण गरिएको छ । जस्तापाता प्राप्त गरेपछि आफुहरु यो वर्षातमा ओतमा बस्न पाउने उनिहरुले प्रतिक्रिया दिएका छन ।
त्यस्तै मंगलबार नै कोहलपुर नगरपालिका-१२ कि अपाङ्गता भएकी मिना थापालाई एक ह्वील-चियर समेत नगरपालिकाले उपलब्ध गराएको छ ।

  • २७ असार २०७५, बुधबार १३:५६ प्रकाशित
  • Nabintech