११, असार, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र अन्तराष्ट्रिय क्रिकेट काउन्सील (ICC) का पदाधिकारीहरु बिच भेटवार्ता भएको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा मन्त्री अथक र आईसीसीका पदाधिकारीहरु बिच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा मन्त्री अथकले नेपाली क्रिकेट क्षेत्रको समग्र विकासमा आईसीसीले पु¥याएको योगदानको प्रशंसा गरेका छन । “आईसीसीले नेपाली क्रिकेटको विकासमा खेलेको भुमिका प्रशंसनिय छ, आगामी दिनमा समेत थप सहयोगको अपेक्षा गर्दछौं ।” मन्त्री अथकले भने ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले नेपालमा क्रिकेट प्रति बढ्दै गएको आकर्षणले चुनौतीसँगै सम्भावना समेत बढेको उल्लेख गरे । विगत भन्दा नेपाली खेलाडीहरुको अवस्था सुध्रीएको उल्लेख गर्दै मन्त्री अथकले खेलाडी र खेल क्षेत्रको समग्र विकासमा सरकार गम्भीर भएर लागेको बताए ।
आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) को प्रतिवन्ध फुकुवा गरेकोमा मन्त्री अथकले खुसी समेत ब्यक्त गरेका थिए ।
भेटवार्तामा बोल्दै आईसीसी विकासका अध्यक्ष इमरान क्वाजाले नेपालमा क्रिकेटको धेरै ठुलो सम्भावना रहेको बताए । आफुले विगतदेखी नै नेपाली क्रिकेट क्षेत्रलाई नजिकबाट नियालिरहेको बताउँदै क्वाजाले पछिल्लो समय सरकारी संयन्त्रबाट समेत क्रिकेटको विकासकालागि प्रयासहरु भईरहेको भन्दै खुसी ब्यक्त गरे । उनले नेपाली क्रिकेटको विकासकालागि ठुला राष्ट्रलाई नेपालमा बोलाएर खेल खेलाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।
आइसीसीले समेत नेपालमा ठुला खालमा प्रतियोगिता संचालनकालागि आवश्यक पहल गरीरहेको क्वाजाको भनाई थियो ।
भेटवार्तामा आइसीसीका जेनेरल म्यानेजर विलियम्स ग्लानराइट, वित्त तथा सञ्चालन अधिकृत नितेशा कोठारी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगाएत सहभागी भएका थिए ।
११ असार २०७९, शनिबार १८:४२ प्रकाशित