४ असार, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएका ब्यक्तिहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भईरहेको बताएका छन । राष्ट्रिय युवा परिषद अन्तर्गतको सहिद तथा वेपत्ता योद्धा सन्तती युवा संजालद्धारा काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला गोष्ठिमा बोल्दै मन्त्री अथकले समाज रुपान्तरणकालागि ज्यानको आहुती दिने सबैलाई राष्ट्रिय सहिदका रुपमा सम्मान दिनुपर्ने बताएका हुन ।
सहिद तथा वेपत्ता परिवारका युवा लक्षित नेतृत्व तथा क्षमता विकास सम्बन्धि कार्यशाला गोष्ठिको उद्घाटन गर्दै मन्त्री अथकले ब्यवस्था परिवर्तनकालागि आफ्नो जिवनको बलिदान दिने महान सहिद तथा वेपत्ता योद्धाहरुकै कारण नेपालमा गणतन्त्र स्थापना भएको उल्लेख गरे । लामो संघर्षपछि प्राप्त ब्यवस्था उल्टाउन पछिल्लो समय भित्री तथा बाहिरी तत्व लागीपरेको जिकिर गर्दै मन्त्री अथकले प्राप्त सम्पूर्ण उपलब्धि जोगाउने जिम्मेवारी युवाहरुको काँधमा आएको बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा गठन भएको पहिलो सरकारले जनयुद्ध तथा जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेपनि हालसम्म उक्त निर्णय लुकाईएको भन्दै मन्त्री अथकले वर्तमान सरकारले नै उक्त निर्णय प्रक्रियालाई पूर्णता दिने प्रष्ट पारे ।
आफ्ना पुर्खाहरुले जिवन त्यागेर दिलाएको उपलब्धीप्रति युवाहरुले गर्व गर्न सक्नुपर्ने मन्त्री अथकको भनाई थियो । उनले सहिद तथा वेपत्ता योद्धा सन्तती युवा संजाललाई सबैको साझा संजालका रुपमा विकास गर्दै नेपालमा भएका सबै संघर्षका घाईते, अपाङ्ग तथा तिनका सन्ततीहरुलाई गोलवद्ध गर्न समेत सुझाव दिए ।
सहिद तथा वेपत्ता योद्धा सन्तती युवा संजालका अध्यक्ष आरती शर्माको अध्यक्षतामा संचालन गरीएको कार्यशाला गोष्ठीमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा खेलकुद मन्त्रीका स्वकीय सचिव नरेन्द्र पाण्डे (जेम्स) लगाएत बिभिन्न जिल्लाबाट उपस्थित २५ बढि युवाहरुको सहभागीता रहेको थियो ।
४ असार २०७९, शनिबार १७:५५ प्रकाशित